IME Life New

‘यस वर्षकाे दशैंकाे दक्षिणा यसरी केही विशेष बनाउनुहाेस्’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । यसवर्ष दशैंमा दक्षिणावापत केही विशेष उपहार दिने साेंच्नु भएकाे छ ? बजार लगभग बन्द भइसकेकाे छ, यस्ताे बेला केही किनमेल गर्न संभव पनि हुँदैन । तर तपाईले आशिषसँगै दक्षिणा दि‌ंदा दक्षिणा थाप्नेकाे आफूभन्दा कनिष्ठ सदस्यकाे साँच्चै नै उद्धार गर्ने साे‌ंच बनाउनु भएकाे छ भने यसपटककाे दक्षिणामा किन जीवन बीमा उपहार नदिने !

तपाईले दक्षिणावापतकाे रकम नगदै दिनु भन्दा पनि दक्षिणा थाप्नेकाे बै‌ंक खातामा रकम ट्रान्सफर गरिदिने र दशैं लगत्तै त्याे रकमबाट जीवन बीमा गर्नकाे लागी प्रेरित गर्नुभयाे भने दक्षिणा पाउनेकाे रकम बचत पनि हुनेछ अनि उसकाे भविष्यकाे लागी पनि उपयाेगी हुनेछ ।जीवन बीमाकाे लागी बीमाशुल्कवापत प्रत्येक वर्ष भुक्तानी गर्नुपर्ने रकमले अनिवार्यरूपमा बचत गर्ने बानि बसाल्नेछ । साथै बीमांक बराबरकाे जाेखिम बहन समेत बीमामा समावेश हुने भएकाेले केही अप्रत्याशित घटना भएकाे अवस्थामा  आश्रितले बीमा‌ंककाे दाेब्बर रकम दाबी भुक्तानी समेत पाउने भएकाले जीवन सहज बनाउन मद्दत पनि पुग्छ ।

Esewa
Crest

दक्षिणाले विकृति निम्त्याएकाे भन्दै यसकाे आलाेचना समेत नभएकाे भने हाेइन । तर यसकाे सदुपयाेग गर्न सकियाे भने धेरै उपयाेगी समेत हुनसक्छ । बैंक खातामा जम्मा गर्ने, उच्च शिक्षाकाे लागी जीवन बीमामा लगानी गर्ने उपयुक्त विकल्प हुनसक्छ । दक्षिणावापतकाे रकम सामाजिक सेवामा प्रयाेग गर्नकाे लागी समेत तपाईले आफूभन्दा कनिष्ठ सदस्यलाई सुझाव दिन सक्नुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS