IME Life New

यस्तो छ मोबाइल/इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबार रकमको सीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । पछिल्लो समय डिजिटल कारोबारले फड्को मारिरहेको छ। नेपाल राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहित गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल कारोबारलाई बढावा दिन प्रोत्साहन गरिरहेको छ।

विद्युतीय माध्यमबाट हुने भुक्तानीमा आउन सक्ने समस्या वा धोखाधडीलाई ध्यानमा राखेर केन्द्रीय बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङबाट हुने कारोबार रकमको सीमा भने तोकेको छ। राष्ट्र बैंकले मोबाइल एप्लिकेसन (क्यूआर कोडसमेत)मार्फत प्रतिदिन ३ लाख रुपैयाँसम्मको कारोबार गर्न मिल्ने व्यवस्था गरेको छ।

Esewa
Crest

यसैगरी इन्टरनेट बैंकिङमार्फत प्रतिदिन २० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने प्रावधान राष्ट्र बैंकले तोकेको छ। तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजश्व, जरिवाना, सवारी दस्तुर, रजिस्ट्रसन र सेवाशुल्कजस्ता विविध शुल्क भुक्तानी गर्न, विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न, धितोपत्र व्यवसाय गर्न अनुमतिप्राप्त धितोपत्र दलालसँग धितोपत्र कारोबार गरेबापत तोकिएको बैंक खातामा रकम भुक्तानी गर्न र राष्ट्र बैंकबाट अनुमतिप्राप्त तोकिएबमोजिमका विशेष भुक्तानी सेवाका लागि यो सीमा लागू नहुने व्यवस्था रहेको राष्ट्र बैंकले आज पुनः वित्तीय चेतनाका लागि एउटा जनचेतनामूलक सूचना जारी गर्दै अवगत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS