IME Life New

यस्तै हो भने, हाल विदेशमा भएका नेपाली लगानीकर्ताहरु दोश्रो बजारबाट बाहिरिन सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

विदेशमा बसे पनि, पिजा खाएपनि, समुन्द्र हेरे पनि देशलाई बिर्सन गाह्रो हुने रहेछ । विदेश पुगेपछि आफ्नो देश फर्किन मन लागेपनि परिस्थितीले अर्कै मोड लिदो रहेछ।

विदेशमा दुख सुख गरेर कमाएको पैसा आफ्नो देशमा लगानी गर्न पाए कुनै दिन आफ्नो जन्मभुमी फर्किन पाईन्छ की भन्ने रहर धरै नेपालीहरुको हुँदो रहेछ ।

Esewa
Crest

अरु क्षेत्रमा लगानी गर्न धेरै पुँजी चाहिने तर शेयर बजारमा लगानी गर्न थोरै पुँजी भए पनि पुग्ने हुनाले अध्ययन वा रोजगारीको सिलसिलामा विदेशमा रहेका धेरै नेपालीहरु शेयर बजारमा लगानी गर्दै आएका छन्  ।

“मेरो शेयर”को माध्यमबाट प्राथमिक बजारमा विदेशका जुन सुकै ठाउँमा बस्ने नेपाली लगानीकर्ताहरुको पहुँचमा पुगेको थियो।  अनलाईन कारोबार प्रणाली पश्चात् विदेशमा बसेर पनि दोश्रो बजारमा शेयर कारोवार गर्न मिल्ने कुराले धेरै नेपालीहरु खुशी भएका थिए।

नयाँ आर्थिक वर्षको सुरुवातसंगै त्यो खुशी धेरै समय टिक्न सक्ने जब आधार दरको आधारमा पुँजीगत लाभकर तिर्दै आएका लगानीकर्ताले भारित औसतको आधारमा पुँजीगत लाभकर तिर्ने नियम आयो त्यो पनि लगानीकर्ताको शेयर बिक्री गरे पश्चात लगानीकर्ताको शेयरको लागत स्वत: प्रणालीले निस्काशन नगर्ने तर लगानीकर्ताहरुले आफैले स्व:घोषणा गरेर फारममा हस्ताक्षर र ल्याप्चे  लगाएर आफ्नो शेयरको लागतको ईतिहास ब्रोकर कार्यलयमा बुझाउनु पर्ने भयो ।

नेपालमा बस्ने लगानीकर्ता भन्दा पनि अहिलेको नयाँ नियमले गर्दा सबै भन्दा ठूलो मारमा विदेशमा रहेका र नेपाली बजारमा शेयर कारोवार गर्ने लगानीकर्तालाई पर्ने देखियो ।

विदेशमा कामको सिलसिलामा बसेका लगानीकर्ताहरुले नेपाल आउँदा भएभरको सबै शेयर बेचेर बस्ने र उपरानत दोश्रो बजारमा नै प्रवेश नगर्ने मनस्थिती बन्ने सम्भावना प्रबल  देखिन्छ ।  अहिलेको “ल्याप्चे” नियमले विदेशमा बस्ने नेपाली दाजुभाईलाई निकै ठुलो मनोवैज्ञानिक असर पुगेको छ। आज  शेयर बजारमा लगानी गर्लान, अर्को दिन यस्तै कागजी नियम आयो भने सात समुन्द्र पार बसेका नेपाली जनताहरुलाई ठुलो असर पुग्ने निश्चित छ। विदेशमा बस्ने नेपाली लगानीकर्ताहरुलाई नेपाली बजार प्रति विश्वास नलाग्न सक्छ।

सामाजिक संजालमा नेपाल स्थित आफ्ना साथीभाईलाई अहिलेको घटना क्रमको बारेमा धेरै नै नेपाली साथीहरुले सोधिरहेको अवस्था छ।  यस्ता गतिविधिले पुँजी बजार विस्तार र अन्तरास्ट्रिय स्तरको बन्न ठुलो बाधक बन्न सक्छ।

विदेशबाट आएको रेमिटेन्स सुनका गहना, मोटर,घरजग्गा आदिमा निकै राम्रो परिमाणमा खर्च भएको बेला विदेशमा बस्ने नेपाली दाजु भाईले शेयर बजारमा लगानी विस्तार गर्नु राम्रो संकेत थियो।  शेयर बजारको विस्तार हुँदा पछि ठुला-ठुला आयोजनाहरु बनाउन सानो सानो पुँजी एकीकृत गर्न सजिलो हुने थियो ।

राज्य पक्षले पनि कुनै पनि निर्णय लिनु अघि यसका असर बारे प्रस्ट केलाउन जरुरी छ। आजको शताब्दीमा सबै कुरो कम्प्युटरमा रहेकोमा लगानीकर्ताहरु ब्रोकर कार्यालयमा ल्याप्चे लगाउन जाँदै छन्  भन्दा  शेयर बजारमा कारोवार गर्ने लगानीकर्ताको मन कसको खिन्न हुन् होला ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS