IME Life New

यती एयरलाइन्सको जाँचबुझ आयोगले बुझायो प्रतिवेदन, इन्जिनमा समस्या हुँदा दुर्घटना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । यती एयरलाइन्सको हवाई जहाज दुर्घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले जहाजको इन्जिनमा समस्याका कारण गत माघ १ गते विमानमा सवार सबै ७२ जनाको ज्यान गएको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ ।

दुर्घटनाग्रस्त यति एयरलाइन्सको एटिआर–७२ विमानको फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरबाट सङ्कलन गरिएको जानकारीले इन्जिनमा समस्या भएको देखाएको छ । समितिको विज्ञप्तीमा भनिएको छ एटीआर(७२ विमानको प्वाँख पखेटां) भनेको पाइलटहरूले निश्चित डिग्रीमा फर्काए पनि ९० डिग्रीकै अवस्थामा रहेको देखिएको छ।

Esewa
Crest

गति बढाउनको लागि, पाइलटले ककपिटमा रहेको लिभर प्रयोग गरेर प्रोपेलर ब्लेड(पंखेटा) लाई झुकाउनुपर्छ। प्रोपेलर ब्लेड ९० डिग्री कोणमै रहेमा, विमानले वायुगतीकीय गति गुमाउँछ। माघ १ गते नेपालको सबैभन्दा ठूलो आन्तरिक उडानमा जहाज दुर्घटनाले नेपालको हवाई सुरक्षाको अवस्थाबारे पुनः प्रश्न उब्जाएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको विमान पोखराको पुरानो आन्तरिक र नवनिर्मित पोरखा अन्तर्राष्ट्रिय विमानस्थलको बीचमा अवस्थित सेती नदीको खोंचमा खसेर दुर्घटना भएको थियो ।

हवाई जहाजभित्र हुने ब्ल्याक बक्स उडान सम्बन्धी तथ्यांक भण्डारण गर्ने उपकरण हो । जसले विशेष एल्गोरिदम मार्फत उडान सम्बन्धी सबै जानकारीहरुलाई सुरक्षितसाथ संग्रहित गर्दछ । विमान दुर्घटना वा आगलागी भए पनि नष्ट नहुने गरी ब्ल्याक बक्स बनाइएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS