IME Life New

यती एयरमा एशियन लाइफबाहेक अर्काे पनि साझेदारकाे खाेजी जारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्याेरेन्सलाई साझेदारका रुपमा भित्र्याउने तयारी अन्तिम चरणमा पुगेकाे यती एयर लिमिटेडका लागी थप साझेदारकाे समेत खाेजी भइरहेकाे छ । एशियन लाइफले प्राधिकरणबाट ४९ प्रतिशत शेयर स्वामित्व प्राप्तीका लागि सैद्धान्तिक सहमति लिएपनि सैद्धान्तिक सहमति बराबर वा त्याे भन्दा कम लगानी गर्नेबारे सार्वजनिक जानकारीमा ल्याएकाे छैन ।

यती एयर सम्बद्ध श्राेतका अनुसार ५१ प्रतिशत शेयर स्वामित्व मात्र आफूसँगै राखेर बाँकी अन्य साझेदारलाई हस्तान्तरण गर्ने याेजना छ। यसका लागी एशियन लाइफसँग सहमति भएपनि एशियन लाइफले आफूले सबै शेयर स्वामित्व राख्छ वा थाेर बहुत अरुलाई दिएर स‌ंयुक्तरूपमा ‘माइनर’ साझेदारका रुपमा प्रवेश गर्छ भन्ने खुल्न बाँकी छ।

Esewa
Crest

यती एयर लिमिटेडमा १ अर्ब ७० कराेड रूपैयाँ लगानीका लागी एशियन लाइफलाई प्राधिकरणले सैद्धान्तिक सहमति दिएकाे छ । एक सय रुपैयाँ अ‌ंकित मूल्य बराबरकाे संस्थापक शेयर ७० रूपैयाँ प्रिमियमसहित प्रति कित्ता रू‍. १७० का दरले खरिद गर्न प्राधिकरणले स्वीकृती दिएकाे छ ।

बीमा कम्पनीहरूका लागी हवाई सेवा कम्पनीमा लगानी पहिलाे अभ्यास भएकाले लगानीकाे जाेखिमबारे प्राधिकरण नेतृत्वले चासाे राखेकाे थियाे । प्राधिकरणकाे चासाे पछि झण्डै दुई महिना अघि नै यती एयर लिमिटेडकाे तर्फबाट सिए सुभाष सापकाेटाले प्राधिकरण अध्यक्ष, कार्यकारी निर्देशक र निर्देशकहरूसामू सामूहिक प्रस्तुती दिएका थिए । उनकाे प्रस्तुतीपछि प्राधिकरणकाे नेतृत्व लगानीकाे स्वीकृती दिन सहमत भएकाे थियाे ।

एशियन लाइफकाे उच्च व्यवस्थापनले एशियन लाइफकाे संस्थापक शेयरधनीकाे शहर वीरगंज पुगेर त्यहाँका संभाव्य लगानीकर्तासँग यती एयरमा लगानीका लागि प्रस्ताव गरेकाे छ। यती एयरका तर्फबाट यती एयरकाे व्यापार र वित्तीय अवस्थाकाे चित्रण, प्राविधिक सबलता, साझेदार भित्र्याइएपछिकाे व्यापार विस्तारकाे याेजना, आइपिओ निष्काशनकाे याेजना लगायतकाे विषयमा विस्तृतरुपमा प्रस्तुतीकरण गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS