IME Life New

यती एयरकाे विमान दुर्घटनाकाे शाेकमा भाेली सार्वजनिक बिदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । पाेखरमा यती एयरकाे विमान दुर्घटनामा परेर चालक दल सहित यात्रुकाे मृत्युकाे शाेकमा सरकारले राष्ट्रिय शाेककाे घाेषणा गरेकाे छ । सरकारले माघ २ गते साेमबारका दिन सार्वजनिक बिदा दिने घाेषणा गरेकाे छ ।

मन्त्री परिषदकाे आकस्मिक बैठकले राष्ट्रिय शाेककाे घाेषणा गर्दै साेमबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । मन्त्री परिषद्काे बैठकपछि निर्णय सार्वजनिक गर्दै उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले दुर्घटनाका सम्बन्धमा छानबिन गर्नका लागी पाँच सदस्यीय दुर्घटना जाँच आयाेग गठन गर्ने निर्णय भएकाे समेत जानकारी दिएका छन् ।

Esewa
Crest

आइतबार बिहान काठमाण्डाै‌बाट १०:३३ बजे उडेकाे विमान पाेखरामा अवतरण हुनु अगावै बिहान ११:१० बजेकाे समयमा सेती नदीकाे खाे‌ंचमा दुर्घटनामा परेर आगलागी भएकाे थियाे । विमानमा चालक दलका ४ र ६८ जना यात्री सवार थिए । विमानमा आगलागी भएका कारण जीवितै उद्धार गर्न सक्ने स‌ंभावना न्यून रहेकाे उद्धारकर्मीले जानकारी दिएका छन् ।

दुर्घटनामा परेकाे नाइएन एएनसी विमान सन् २००७ मा पहिलाे उडान भरेकाे थियाे । याे विमान यती एयरले सन् २०१९ मा नेपाल भित्र्याएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS