IME Life New

म पहलमान होइन हलमानको रुपमा अघि बढेको छु, मेरो जित सुनिश्चित छः उमेशलाल श्रेष्ठ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वातमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले आफु व्यवसायीको समस्यामा पहल गर्न वा आश्वासन दिन मात्रै नभई व्यवसायीका वास्तविक समस्या हल (समाधान) गर्न अधि बढेको भन्दै आफ्नो जित सुनिश्चित भएको बताएका छन् । ‘अहिले धेरै साथिहरुले व्यवसायीको समस्या सुनिरहेको छु वा समस्या समाधान गर्न पहल गरिरहेको छु भन्ने आश्वासन दिइरहनु भएको छ,’ निर्वाचन सम्बन्धी छलफल कार्यक्रममा उनले भने, ‘म उद्योगी व्यवसायीहरुलाई झुटा आश्वासन दिन्न र कुनै पनि समस्याको विषयमा पहल मात्रै होइन सम्बन्धित निकायमा पुर्याएर हल गर्नेछु ।’

पछिल्लो समय सकारले व्यवसायीका वास्तविक समस्याको विषयमा समेत सुनुवाई नगरेको भन्दै त्यसका लागि दरिलो महासंघ चाहिएको उनको तर्क थियो । ‘मलाई अन्धो, बैरो र लंगडो महासंघ चाहिएको छैन,’ उनले भने, ‘महासंघ नेतृत्वले उद्योगी व्यवसायीको समस्या देख्ने, सुन्ने र समाधानका लागि सम्बन्धित निकायमा लिएर हिड्नसक्ने हुनुपर्छ ।’ अहिले महासंघमा उद्योगी व्यवसायीको समस्यालाई सरकारसँग निडर र निर्धक्क भएर राख्नसक्ने व्यक्तिको आवश्यकता भएको र उक्त व्यक्ति आफु भएको समेत उनको भनाई थियो ।

Esewa
Crest

अहिले महासंघले प्रदेश, जिल्ला नगर, वस्तुगत संघ र एसोसिएट्स सदस्यहरुबीच समन्वय गरेर व्यवसायीका वास्तविक समस्या समाधान गर्न भन्दै जवसम्म जिल्ला नगर तथा वस्तुगतका साथिहरुले महासंघको केन्द्रिय नेतृत्वलाई गाली गर्ने अवस्था आइरहन्छ तबसम्म महासंघ सुधार भएको नमानिने समेत उनको दावी थियो । अहिले महासंघको पुरानो गरिमामा आच आएको भन्दै आफुलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाएको अवस्थामा उक्त गरिमालाई उच्च बनाउँदै सम्मानित व्यवसायी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘राज्यलाई सबैभन्दा बढी योगदान दिँदै आएको हामी निजी क्षेत्रलाई हेर्ने नजर एकदमै गलत छ भने जाजय माग राख्दा पनि सरकारले सुनुवाई गरिहेको छैन,’ उनले भने, ‘हामीले राज्यसँग माग्ने होइन देशको अर्थतन्त्र सुधारका लागि राज्यले हामीसँग सल्लाह सुझाव माग्न आउने अवस्था बनाउने छु ।’ उक्त सुधारको लागि महासंघको आसन्न निर्वातमा आफुलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाउन समेत उनले उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

महासंघको निर्वाचनमा सबैभन्दा बढी मतभार जिल्ला तथा नगरको रहन्छ भने कम मतमा बढी भार भएका कारण वस्तुगत संघलाई पनि बढी महत्व दिईदै आएको छ । लामो समय भ्रमणगरी जिल्लाका समस्याहरुलाई नजिकसँग बुझेको र वस्तुगत संघमा आफुनै लामो समयदेखि रहँदै आएका कारण सो क्षेत्रको आफुलाई बढी मत आउने उनको जानकारी दिए । यस्तै भर्खरै सम्पन्न महासंघको प्रदेश निर्वाचनमा पनि उमेशलाल समुहका व्यवसायीहरु अध्यक्षमा निर्वाचित भएका थिए । नवनिर्वाचित प्रदेश अध्यक्षहरुको केन्द्रिय निर्वाचनमा ठूलो भुमिका रहने भएकाले पनि पहिले चरणमै उनले जित्नसक्ने सम्भावना उच्च रहेको सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् ।

यस्तै एसोसिएट्मा पनि उनको समुहबाट महासंघको आगामी अध्यक्ष चन्द्रप्रसाद ढकालले समर्थन गरेको भरतराज आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएकाले अन्य प्रतिस्पर्धीतको तुलनामा उमेशलला वलियो रहेको सम्बद्ध व्यवसायीहरुको विश्लेषण रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS