IME Life New

म्यूजिक नेपालले आइपीओ जारी गर्ने, एनआईसी एशिया क्यापिटलसँग गर्यो सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलको “आइडिया टु आइपिओ” सेवाअन्तर्गत म्यूजिक नेपाल लिमिटेडलाई संस्थागत परामर्श सेवा सहित आइपीओ जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र म्यूजिक नेपाल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ  ।

उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले तथा म्यूजिक नेपाल लिमिटेडको तर्फबाट महा प्रबन्धक उत्तम थापाज्यूले हस्ताक्षर गरेका छन् । नेपालको सन्दर्भमा म्यूजिक नेपाल लिमिटेड सर्वसाधारणमा आइपीओ जारी गर्ने यस प्रकारको पहिलो कम्पनी हुनेछ  । एनआईसी एशिया क्यापिटलले “आइडिया टु आइपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

Crest

मिति २०३९ साल श्रावण २४ गते स्थापना भई २०४० साल बैशाख २ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको म्यूजिक नेपाल लिमिटेडले नेपाली गीतसङ्गीतका एल्वमहरुको नियमित उत्पादन गर्न थालेको हो । म्यूजिक नेपालले सङ्गीत भनेको सोख र रहर पूरा गर्ने माध्यम मात्र हो भन्ने आमधारणामा आमूल परिवर्तन गर्दै यसलाई उद्योग–व्यवसायका रुपमा विकसित गर्न सकिन्छ भन्ने विश्वासले सुरुकै दिनमा रोयल्टी प्रथाको श्रीगणेश गर्दै यस क्षेत्रमा यो नेपालकै जेठो निजीस्तरको साङ्गीतिक उद्योगका रुपमा स्थापना भएको कम्पनी हो । नेपाली गीतसङ्गीत, कला र संस्कृतिको उत्थान गर्नुमा समर्पित रहँदै उच्च गुणस्तरीय गीतसङ्गीत, कला र संस्कृति नेपालीहरुको घरघरमा र विश्वव्यापी रुपमा पुर्याउने कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

विभिन्न सञ्चार तथा साङ्गीतिक संस्थाहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्नु, बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी अधिकार (मूलतः प्रतिलिपिअधिकार ऐन) को सम्मान गर्नु र यसको महत्वका बारेमा प्रचारप्रसार गर्नु, सङ्गीतको औपचारिक शिक्षालाई प्रवद्र्धन गर्नु, “स्रष्टाको संरक्षण गरौ राष्ट्रलाई समृद्ध बनाऔँ” भन्ने मुल नारा जस्ता मूलभूत उद्देश्यहरुलाई अनुसरण र कार्यान्वयन गर्दै आइरहेको छ ।

निजीस्तरको पहिलो रेकर्डिङ् स्टुडियोको रुपमा अत्याधुनिक टेपमेटिक डिजिटल लुपबिन प्लान्ट जडान गर्ने दक्षिण एसियाकै पहिलो यस कम्पनीले बहुराष्ट्रिय सङ्गीत कम्पनीहरुबाट इजाजतपत्र प्राप्त गरी गीत प्रसारण गर्ने पहिलो नेपाली साङ्गीतिक कम्पनी हुने सौभाग्य पनि प्राप्त गरेको छ । विश्व प्रसिद्ध जापानी टेलिभिजन संस्था एनएचकेको एसियाज हु इज हु मा प्रस्तुत हुने पहिलो दक्षिण एसियाली साङ्गीतिक संस्था म्यूजिक नेपाल अन्तरर्राष्ट्रिय गोल्ड स्टार सम्मानद्वारा सम्मानित हुने दक्षिण एसियाकै प्रथम साङ्गीतिक संस्था पनि हो । शिक्षा मन्त्रालयको स्वीकृति प्राप्त गरी सङ्गीतको औपचारिक शिक्षाको लागि नेपाल सङ्गीत बिद्यालयको स्थापना गर्ने शौभाग्य पनि यसै कम्पनीले पाएको छ । प्रविधि अनुकूल आफुलाई परिवर्तन गर्दै आएको यस संस्थाले पछिल्लो समय विकसित भएको डिजिटल तथा मोवाइल फोनको अनलाइन प्रविधिमा पनि आफुलाई अब्बल बनाउन सफल भएको छ । बिभिन्न म्यूजिक कम्पनी तथा स्रष्टा कलाकारहरुसँगको सहकार्य समेत रहेको यस कम्पनी मूख्य डिजिटल प्लेटफर्मको रुपमा समेत कार्यरत रहेको छ । सबै भन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानल भएको यस कम्पनीले अडियो, भिडियो तथा नेपाली चलचित्रहरु स्ट्रिमिङ्ग गर्न मिल्ने मोमो एप  पनि सञ्चालन गरिरहेको छ । नेपाली गीतसङ्गीत तथा भिडियोजन्य सामाग्रीहरु र नेपाली चलचित्रहरुलाई निरन्तर रुपमा बिश्व बजारमा पुर्याउन यस कम्पनी क्रियासिल रहिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS