IME Life New

म्यादभित्रै जीवित लाभवापतकाे शत प्रतिशत रकम भुक्तानी गरेकाे एलआइसी नेपालकाे दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । जीवन बीमक एलआइसी नेपालले सबै जीवित लाभ भुक्तानी(सर्भाइभल बेनिफिट) ताेकिएकै अवधि भित्र भुक्तानी गरेकाे छ। बीमकहरूले भुक्तानी गर्नुपर्ने दाबीवापतकाे रकम समयमै भुक्तानी नगरेकाे गुनासाे व्यापक आइरहेका बेला एलआइसीले ताेकिएकै अवधिमा दाबी भुक्तानी फर्छ्याैट गर्न सफलता पाएकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे आर्थिक वर्ष २०७७।७८ काे वार्षिक प्रतिवेदनमा बीमितले बीमा अवधि पुरा नहुँदै प्राप्त गर्ने जीवित लाभ वापतकाे रकम पूर्णरुपमा भुक्तानी गरिएकाे उल्लेख छ।

Esewa
Crest

यसैगरी  आ.व. २०७७/७८ मा कम्पनीले जम्मा ९५० वटा मृत्यु दाबीवापत ६५ करोड रुपैयाँ भुक्तानी गरेकाे छ । कम्पनीले स्थापना भएयता कूल ६,६५२ वटा मृत्यु दाबीवापत कूल रु. २ अर्ब ९ कराेड ३० लाख रुपैयाँ मृत्यु दाबी वापत भुक्तानी गरि सकेकाे छ। यसैगरी आव २०७७।७८ मा बीमितलाई मृत्यु दाबी, परिपक्वता, जीवित लाभ, समर्पण मूल्य र अन्य दाबीवापत  ७ अर्ब ३३ कराेड ६८ लाख रूपैयाँ दाबी भुक्तानी गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS