IME Life New

म्याचुरिटी भुक्तानीमा बीमितमाथि विभेद, बीमित संघ भन्छ, ‘यो अपराध हो’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमित हित संरक्षण संघले बीमितमाथि बीमा कम्पनीहरुले विभेद गर्ने गरेको आरोप लगाएको छ । संघले बीमा समितिले प्रभावकारी नियमन गर्न नसक्दा बीमितहरुले ठूलो मार खान बाध्य भएको आरोप लगाएको छ । नेपाल बीमित हित संरक्षण संघका सचिव रामेश्वर ढकालले इन्स्यारेन्स खवरसँग भने, ‘बीमितले फरक कम्पनीमा बीमा गरेपनि तिर्ने प्रिमियम दर भनेको सरदर एउटै छ, एउटै प्रिमियम दर लिने अनि म्याचुरिटी भुक्तानी गर्दा ठूलो रकम फरक फरक गर्ने काम हुनु बीमितमाथिको अपराध हो ।’ उनले एउटै थ्रेसहोल्डको चुक्ता पुँजि भएका कम्पनीहरुमा बीमा गर्दा कम्पनी फरक भएकै कारण बीमितले पाउने लाभमा फरक गरी बिभेद गरेको आरोप लगाए ।

कम्पनीमा हुने भ्रष्टाचार, व्यवस्थापन खर्च तथा बढि जोखिम बहनको दायित्व सम्पूर्ण बीमितको टाउकोमा थोपर्ने कार्य त्रुटीपूर्ण भएको बीमक संघले ठहर छ । संघले बीमा कम्पनी फरक हुँदैमा बीमितले प्राप्त गर्ने लाभ फरक फरक हुनु बीमा समितिको गल्ती भएको आरोप लगाएको छ । कृष्ण प्रसाद न्यौपाने अध्यक्ष रहेको संघले बीमा कम्पनीहरुले बीमितलाई पीडित बनाएको आरोप लगाउँदै बीमितमाथि कम्पनीको आधारमा हुने विभेद तत्काल अन्त्य गर्नुपर्ने धारणा राख्दै आएको छ ।

Esewa
Crest

संघका सचिव ढकालले भने, ‘बीमा कम्पनीहरुले अभिकर्तालाई दिने कमिशन, गाडीको खर्च कटाएर बाँकी रहेको प्रतिफल मात्रै बीमितलाई दिने कार्य मोजमस्ती हो ।’ ढकालले बीमा कम्पनीहरुले तीन वटा लेयरमा अभिकर्तालाई राखेर पोस्ने गरेको आरोप लगाउँदै बीमितिको अन्यायको विरुद्धमा राष्ट्रव्यापी अभियान चलाउन आवश्यक भएको बताए । उनले भने, ‘२० वटा बीमा कम्पनीहरु छन्, प्रत्येकका फरक फरक बीमा दावी भुक्तानी भइरहेको छ । बीमा दावी भुक्तानीको अवस्था लाजमर्दो छ ।’

बीमा पोलिसीमा उल्लेख भएको अवधी समाप्त भएपश्चात बीमितले निश्चित रकम लाभसहित रकम फिर्ता पाउँछन् । बीमितले पाउने रकममा बोनस दर जोडिने भएपनि समान थ्र्रेसहोल्डका चुक्ता पुँजि भएका बीमा कम्पनीहरुमाथि बीमा समितिले समान थ्रेसहोल्डसहितको बोनस दर कायम गर्न सक्ने संघका सचिव ढकाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS