IME Life New

मौद्रिक नीतिप्रति इप्पानको आपत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मौद्रिक नीतिले माग सम्बोधन नगरेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल इप्पानले आपत्ति जनाएको छ । इप्पानले आज विज्ञप्ती निकालेर नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिले ऊर्जा विकासमा संलग्न सम्पूर्ण निजी क्षेत्र र इप्पानको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

इप्पानले विभिन्न माग राखे पनि मौद्रिक नीतिमार्फत निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई कुनै पनि आकर्षित र सहजीकरण गर्ने नीति नआएकोमा गम्भीर आपत्ति रहेको नजाएको छ । संसदमा नीति निर्माता, प्रधानमन्त्रीदेखि मन्त्रीसम्म तथा स्वयम् राष्ट्र बैंकका गर्भनरबाटसमेत पटक–पटक निजी क्षेत्रलाई आकर्षित गर्ने गरी नीति ल्याउने सार्वजनिक घोषणा गरिरहँदा राष्ट्र बैंकले बेवास्ता गरेर निजी क्षेत्र बिरोधी मात्र नभई निजी क्षेत्रलाई हतोत्साहित बनाउने काम गरेको इप्पानको आरोप छ ।

Esewa
Crest

यसअघिकोभन्दा पनि प्रतिगामी हुने गरी विद्युत विद्येयक संसदमा पेश गर्नु, ऊर्जा मन्त्रालयले निजी क्षेत्रले भोगेका समस्यालाई समाधान गर्ने गरी गरेका निणर्य मन्त्रालय मातहतकै विद्युत विकास विभाग र विद्युत प्राधिकरणले कार्यान्वयन नगर्नु, १० वर्षभित्र छिमेकी राष्ट्रमा १० हजार मेगावाट बिजुली दीर्घकालीन रूपमा निर्यात गर्ने दुई देशबीचको सम्झौतालाई कार्यान्वयनका लागि सहायता पुग्ने गरी कुनै नीति तथा कार्यक्रम नआउनुले सरकारप्रतिको विश्वास र भरोसा माथिनै निजी क्षेत्र सशंकित भएको इप्पानको विज्ञप्तीमा उल्लेख छ ।

बजेट र मौद्रिक नीतिमार्फत तथा अन्य विभिन्न निर्णय कार्यान्वयन नगरेर सरकारले निजी क्षेत्रका जलविद्युत प्रवर्द्धकलाई हतोत्साहित बनाउने गरी भएका नीतिगत र कार्यान्वयन समस्याप्रति इप्पानले प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जा मन्त्रीका साथै सांसदको गम्भीर ध्यानाकर्षण गराएको छ । तत्काल माग पूरा नगरेमा समग्र ऊर्जा विकासमा ठूलो समस्या आउने र सरकारका कुनै पनि लक्ष्य हासिल हुन नसकी देशको अर्थतन्त्रमा गम्भीर असर पर्नेसमेत इप्पानले चेतावनी दिएको छ

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS