IME Life New

मोलुङ हाइड्रोपावरले आयोजना प्रभावितका लागि बिक्रि खुल्ला गरिएको आईपिओमा म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दिाका लासग निष्काशन तथा बिक्रि खुल्ला गरिएको आईपीओमा समय थप गरेको छ । कम्पनीले पुष १९ गतेदेखि माघ ३ गतेसम्म बिक्रि खुल्ला गरिएको आईपिओमा माग बमोजिम आवेदन प्राप्त नभएकोले समय थप गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो चुक्ता पूँजी ८० करोड २५ लाखको ४४ प्रतिशतले हुन आउने ३५ करोड ३१ लाख रकम बराबर प्रति शेयर १०० अंकित मूल्यको ३५ लाख ३१ हजार कित्ता शेयर मध्ये जारी सूँजीको १० प्रतिशत ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकति दरको ८ लाख २ हजार ५ सय कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बिक्रि खुल्ला गरिएको थियो । कम्पनीले ३ वटा गाउँपालिकाका बासिन्दालाई लक्षित गर्दै बिक्रि खुल्ला गरिएको आईपीओमा स्थानियले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

कम्पनीका अनुसार आयोजना प्रभावित स्थानिय बासिले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS