IME Life New

मोलुङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, कसले कति कित्ता पाए शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयबासीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले प्रति शेयर १ सय रुपैयाँ अङ्कित दरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित ओखलङ्गा जिल्लाका बासिन्दाहरुको लागि पुस १९ देखि माघ १५ गते सम्म विक्री गरेको थियो । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको अनुसार उक्त शेयरमा ५ हजार ६५३ जना आवेदकहरुबाट जम्मा ९ लाख ७३ हजार २५० कित्ताको लागि आवेदन प्राप्त भएको थियो । सोही प्राप्त आवेदनको आधारमा शेयर बाँडफाँड गरिएको जनाएको छ ।

मोलुङ्ग गाँउपालिकाको वडा नं. १ देखि ८ सम्मका बासिन्दाहरुको लागि बाँडफाँड गर्दा कूल १ हजार ९२७ जना आवेदकहरुबाट ४ लाख २२ हजार ४५० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि ८०० कित्ता माग गर्ने १ हजार ८०७ जना आवेदकहरुलाई माग बमोजिम र ९०० कित्ता देखि १,००० कित्ता माग गर्ने १२० जना आवेदकहरुलाई ८२० कित्ताका दरले शेयर शेयर बाँडफाँड गरिएको जनाएको छ ।

Esewa
Crest

त्यस्तै, सुनकोशी गाउँपालिका वडा नं.१ देखि १० सम्मका बासिन्दाहरुको लागि बाँडफाँड गर्दा कूल १ हजार ५८१ जना आवेदकहरु मार्फत २ लाख ५२ हजार ८९० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि ३३० कित्ता माग गर्ने १ हजार ४०७ जना आवेदकहरुलाई माग बमोजिम, ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ आवेदकहरुलाई ३३० कित्ता शेयर बाँडफाँड गरिएको छ ।

साथै बाँकी रहेको ८८५ कित्ता शेयर ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ जना आवेदकहरुलाई गोलाप्रथाबाट थप १०/१० कित्ताका दरले ८८ जना सफल आवेदकहरुलाई ८८० कित्तासाथै बाँकी बचेको ५ कित्ता शेयर पुन ३५० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने १७४ जना गोलाप्रथाबाट थप १ ÷१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँड गरिएको जनाएको छ ।

त्यसैगरी सिद्दिचरण नगरपालिका वडा नं. १ देखि १२ सम्मका बासिन्दाहरुबाटको लागि बाँडफाँड गर्दा कूल २ हजार ११२ जना आवेदकहरु मार्फत २ लाख ९५ हजार ३७० कित्ता शेयरको लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि १७० कित्ता माग गर्ने १,६५२ जना आवेदकहरुलाई माग बमोजिम, १८० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई १८० कित्ता शेयर बाँडफाँड गरिएको जनाएको छ ।

बाँकी रहेको ३,९२५ कित्ता शेयर १९० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई गोलाप्रथाबार्ट १०/१० कित्ताका दरले ३९२ जना सफल आवेदकहरुलाई ३,९२० कित्ता बिाँडफाँड गरिएको छ । साथै बाँकी बचेको ५ कित्ता शेयर पुन १९० कित्ता देखि १,००० कित्ता सम्म माग गर्ने ४६० जना आवेदकहरुलाई गोलाप्रथाबाट १ /१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

29%
sad

दु :खी

14%
amazed

अचम्मित

10%
excited

उत्साहित

5%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS