IME Life New

मोबाइल बैंकिङ चलाउनेको संख्या करिब १६%ले बढ्यो, इन्टरनेट बैंकिङ प्रयोगकर्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता करिब १६ प्रतिशतले बढेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड २५ लाख ५ हजार ८३ पुगेको छ। अघिल्लो वर्ष कात्तिकसम्म यो संख्या १ करोड ९४ लाख ३ हजार ६८० थियो।

Esewa
Crest

यो वर्षको कात्तिकसम्म मोबाइल बैंकिङबाट २ खर्ब १८ अर्ब ३० करोड ९० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म मोबाइल बैंकिङबाट १ खर्ब ५१ अर्ब ९८ करोड ७० लाख रुपैयाँबराबरको भुक्तानी भएको थियो।

समीक्षा अवधिसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने ०.४७ प्रतिशतले घटेर यो वर्षको कात्तिकसम्म १७ लाख ५९ हजार १९३ मा झरेको छ। अघिल्लो वर्ष कात्तिकसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ५० हजार ९३६ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS