IME Life New

मोबाइल एपबाटै ५ लाखसम्म कर्जा लिन पाइने, यस्तो छ प्रकृयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल एप जस्ता विद्युतिय माध्यमबाट कर्जा लिन पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा सम्बन्धी मार्गदर्शन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको कारोबारमा उल्लेख्य बृद्धि हुँदै गर्दा राष्ट्र बैंकले यस्तो मार्गदर्शन बनाएको हो ।

सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुले मोबाइल एप मार्फत कर्जा प्रवाह गर्न सम्भावित ऋणीबाट कर्जा आवेदनदेखी कर्जा असुलीसम्मका कार्यमा सहजीकरण गर्ने प्रयोजनका लागि बैंक वित्तीय संस्थाले आवस्यकता अनुसार अन्य भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई प्रतिनिधि एजेन्टको रुपमा संलग्न गराउन सक्नेछन् ।

Esewa
Crest

बैंक वित्तीय संस्थाहरुमा तलबी खाता रहेको वा पेशागत तथा व्यवसायिक आय जम्मा हुने खाता रहेको ग्राहकको हकमा अधिकतम ५ लाखसम्म र अन्य ग्राहकको हकमा अधिकतम २ लाखसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सक्ने छन् । यस्तो कर्जाको अवधि अधिकतम तीन वर्षसम्म हुनेछ । साथै कर्जा प्रदान गर्दा फिर्ता भुक्तानी गर्दा एकैपटक वा किस्तामा समेत भुक्तानी गर्न सकिने गरी कर्जा प्रवाह गर्न सकिनेछ ।

यस्तो छ कर्जा प्रकृयाँ

  • ग्राहकसँग कर्जाको आवेदन लिदा बैंक तथा वित्तीय संस्थाले विद्युतीय कर्जा प्रवाह सम्बन्धी छुट्टै पोर्टलको व्यवस्था गरी आवेदन लिने व्यवस्था मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले आफ्नो मोबाइल एपको माध्यमबाट समेत यस्तो कर्जा आवेदन प्राप्त गर्न सक्नेछन् ।
  • आवेदन प्राप्त भएपश्चात बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग सम्बन्धित सूचना तथा तथ्याङ्क विभिन्न स्रोतबाट विद्युतीय माध्यम मार्पत प्राप्त गर्नुपर्नेछ
  • कर्जाको आवेदन दिने ग्राहक कर्जा प्राप्त गर्न योग्य भए नभएको पर्याप्त विश्लेषण गरी योग्य आवेदकलाई विद्यतीय माध्यमबाट कर्जा स्वीकृत भएको जानकारी गराउनु पर्नेछ
  • स्वीकृत कर्जा रकम प्रवाह गर्दा सम्बन्धित ग्राहकको खातामा जम्मा गरी सोको जानकारी ग्राहकलाई दिनुपर्नेछ
  •  कर्जा सम्बन्धी कागजातहरु विद्युतीय माध्यममा सुरक्षित रुपमा राख्ने व्यवस्था मिलाउनु पर्नेछ
  • कर्जा प्रवाह प्रकृयाँ ग्राहक बैंक तथा वित्तीय संस्थाको कर्तव्य तथा उत्तरदायित्व ग्राहक संरक्षणसँग सम्बन्धित विषयहरु कर्जा सम्बन्धी गुनासो सुनुवाईको व्यवस्था सम्बन्धमा विद्युतीय माध्यमबाट पर्याप्त जानकारी दिने व्यवस्था मिलाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS