IME Life New

मेहनती मिठुको बीमा कथा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हाल सल्लाघारी बस्दै आएकि मिठुको घर भने भोजपुर हो । उनी विगत ७ वर्ष देखि भक्तपुरको सल्लाघारी बस्दै आएकि छिन् । मनमा केही गर्छु भन्ने सपना लिएर आएकि मिठु भन्छिन् “धेरै संंघर्ष गर्नु पर्यो शुरुवातका दिनहरुमा तर अहिले भने आफ्नो र परिवारको पेट पाल्न भने केही त्यस्तो आपत्ति छैन् ।”

मेहेनत र काममा विश्वास राख्ने मिठुले नेपाल लाइफ इन्स्योरेन्समा केही समय अगाडि जीवन बीमा गरेकि छिन् ।

Esewa
Crest

आफ्नो दैनिक रुपमा हुने आम्दानीको केही रकम बचत गर्ने बानी छ । त्यही दिनहु  जम्मा गरेको रकम बाट जीवन बीमा गरेकिछु उनले बताईन । ठेलामा तरकारी बेच्छु काम गर्दा गर्दै मलाई केही भई हाल्यो भने मेरो परिवामा आर्थिक समस्या पर्छ, त्यसैले मैले बीमा गरे ।

“बैंकमा राखेको रकम मन लागेका बेला जति बेला पनि निकाल्न सकिन्छ , त्यसैले मैले बीमा गरेकी हुँ । यसमा त बीमा गरेको अवधि नभईकन रकम निकाल्न वा चलाउन पाईदैन नि । ”

उनमा बीमा गर्ने ईच्छा पहिलै थियो । तर कसरी, को मार्फत र कहाँ गई गर्ने दोभारमा थिईन उनी । बीमाका बारेमा धेरथोर ज्ञान थियो । दोधारमा परेकीले मिठु यसै क्रममा रेडियोमा कुनै जीवन बीमा कम्पनीको विज्ञापन सुनेकि थिईन । त्यहि विज्ञापनको प्रभाव म मा पनि पर्यो उनले भनिन । र मैले यसका बारेमा बुझ्ने मौका पनि पाए, मिठुले बताईन । उनी भन्छिन् “मैले मेरा सन्तानको भविष्यको लागि, उनीहरुको शिक्षाको लागि सानो सानो रकमको केहि अंश छुट्याएर बीमा गरेकी हुँ, मैले गरेको बीमाले भविष्यमा मेरो अभाव र अर्थिक अभवा लाई यसले सघाँउ पुर्याउला नी ।”

परिश्रम र मिहेनती मिठु भन्छिन् “बीमा आवश्यकता हो, भविष्यमा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्ने एक पाटो हो, त्यसैले तपाई हामि सबैले आफ्नो जीवनमा पर्न सक्ने जोखिम लाई कम गर्न आफ्नो आम्दानीको केही रकम छुटटएर बीमा गर्नु पर्छ । बीमा हाम्रो जोखिमको साथि बन्न सक्छ ।”

मिठु  ठेलामा तरकारीको व्यवसाय गर्छिन् । ४ वर्ष देखि लगातार यो व्यवसाय गर्दै आएको मिठुले बताईन । रात दिन नभनि काममा खटिरहने मिठुले दिनमा मुश्किलैले २००० हजार रुपैयाँ कमाँउछिन् । कमाएको रकम केही रकम बचत र केही रकम खर्चिन छिन् । “बिहान जडिबुटिको तरकारी बजार पुग्नै पर्यो, नानीहरु लाई खाना पकाईदिनै पर्यो, घरको चाजोपाँजो मिलाउदैमा  धेरै समय सकिन्छ, बाँकी रहेको समय यहि ठलामा मै वित्छ उनले भनिन । ”

बिहान देखि दिउँसो भरिको उनको साथि ठेला अनि ठेलामा रहेका तरकारीहरु हुन्छन् । ठेला गुडाउँदै गर्दा उनले आफ्ना हात देखाउदैँ भनिन कहिले काहिँ त दिक्क लाग्छ, तर के गर्नु पेट पाल्नका लागि केही गर्नु नै पर्यो । उनले तितो यर्थाथ पस्किईन ।

‘बीमाले त हाम्रा जोखिम लाई सामना गर्छ अनि हामि लाई केही रुपमा करको पनि छुट हुन्छ यी सेवाहरुको उपयोग गर्ने मौका पाकएकि छु । दुख गरेर कमाएको पैसाले मैले त मेरो बीमा गरेर ढुक्क छु । यदि मलाई केही भई गएमा मैले बीमा मार्फत जम्मा गरेको रकमले मेरा छोरा छोरीको भविष्यको लागि सहयोग पुग्नेछ,’ उनले भनिन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS