IME Life New

मेन्छियाम हाइड्रोपावरको आइपीओमा ७.९६ गुणा बढीको पर्यो आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा ७४ करोड ५० लाख ७१ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा ७ लाख ७२ हजार ६९१ आवेदकबाट ७४ लाख ५० हजार ७१० कित्ता मागका लागि आवेदन परेको हो । जुन माग भन्दा ७.९६ गुणा बढी आवेदन हो ।

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत अर्थात ५ लाख ४२ हजार ५८३ कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरेकोमा ५ लाख ५ हजार ७८० कित्ता शेयर मात्रै बिक्री भएको थियो ।

Esewa
Crest

यस्तै कम्पनीको जारी पूँजीको २० प्रतिशत १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता शेयर मध्ये १ लाख ८ हजार ५१७ कित्ता साधारण शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।

यस्तै २ प्रतिशत अर्थात २२ हजार ४३९ कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५६ हजार ९९ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरीएको छ । त्यसमा स्थानियलाई बिक्री नभएको ३ लाख ६८ हजार ३ कित्ता शेयर सहित सर्वसाधारणको लागि ९ करोड ३४ लाख ९१ हजार ५०० रुपैयाँ बराबरको ९ लाख २४ हजार ९१५ कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गरेको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेकोले बैशाख ७ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता तथा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबलबी इस्युअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता सनराईज क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS