IME Life New

मेट लाइफले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको बैदेशिक रोजगार म्यादी बीमा नगर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ एलिको)ले बैदेशिक रोजगारीमा जानेहरुको म्यादी जीबन बीमा ब्यबसाय नगर्ने भएको छ। मेटलाइफ नेपालमा शाखाको रुपमा संचालित रहेको तथा कानुनी निर्णय प्रकृयाको लागि लामो समय लाग्ने भएको कारण कम्पनीले बैदेशिक रोजगारीमा जानेहरुको म्यादी जीबन बीमा ब्यबसाय गर्नमा रुचि नदेखाएको श्रोतले जानकारी दिएको छ।

बैदेशिक रोजगारी म्यादी जीबन बीमा ब्यबसायमा पछिल्लो समय जोखिम समेत धेरै देखिएको कारण समेत कम्पनीले रुचि नदेखाएको हुन सक्ने तर्क समेत बीमा बिज्ञहरुले गरेका छन्, केहि समय अगाडी बाट लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले समेत बैदेशिक रोजगारीमा जानेहरुको म्यादी जीबन बीमाको बजार हिस्स घटाउदै लागेको थियो । छोटो समयमा राम्रो बिमाशुल्क आर्जन गर्नको लागि बैदेशिक रोजगार म्यादी बीमा उपयुक्त ब्यबसायको मध्यम भए पनि सो बीमामा जोखिम धरै रहेको मानिन्छ।

मेटलाइफ नेपाल अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको शाखाका रूपमा सन् २००१ देखि सञ्चालनमा आएको हो । यसले जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमाजस्ता योजना ल्याएको छ ।

Esewa
Crest

बैदेशिक रोजगार म्यादी बीमालाई ब्यबस्थित बनाउन बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले माघ १ गतेदेखि पुल स्थापना गरेर बैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीबन बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । माघ १५ गतेभित्र पुल सञ्चालनका लागि कार्यविधि तयार पार्न समितिले एक कार्यदल पनि गठन गरेको छ । कार्यदलले कोषमा बजार हिस्साका आधारमा पुलमा सेयर रहनेगरी संरचना र सञ्चालन सम्बन्धी कार्यविधि तयार पारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS