IME Life New

मेगा बैंक र सिटिजन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेगा बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् ।सम्झौता अनुसार ग्राहकहरुले मेगा बैंकका सम्पूर्ण शाखाहरुबाट सिटिजन लाइफको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन्। ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले ल्याएको सिटिजन जिवन सारथी जस्ता नवीन तथा नौलो योजनाहरुले मेगा बैंकका ग्राहकहरुलाई पनि थप सुविधा प्रदान गर्नेछ।

नयाँ संचालित जीवन बीमा कम्पनीहरु मध्ये सर्बाधिक चुक्ता पुंजी सहित संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष ४० करोड २० लाख ५० हजार प्रथम बीमा शूल्क रकम आर्जन गर्न सफल भएको कम्पनीले गत वर्ष ५५ हजार सय ३६ ओटा बिमालेख मार्फत सो बिमा शुल्क आर्जन गर्न सफल भएको हो।

Esewa
Crest

कम्पनीको हाल अधिकृत पुंजी ३ अर्ब र जारी पुंजी २ अर्ब ५० करोड मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ७५ करोड चुक्ता पुंजी रहेको छ भने निकट भविष्यमा ७५ करोडको सर्वसाधारण शेयर जारी गरि चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउने योजना रहेको जनाएको छ। कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS