IME Life New

मुर्रा राँगाको आयातमा विषयको गम्भिर्यता नबुझि टिका टिप्पणी नगर्न नेपाल भेटेरिनरी एशोसिएसनको अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले राँगा आयातको कदमलाई हल्का रुपमा टिका टिप्पणी नगर्न अनुरोध गरेको छ ।

दुधमा आत्मनिर्भर उन्मुख भइसकेको नेपालमा उच्च प्रजनन मानका राँगा, साँढेहरुको आयात गरी पशु प्रजनन् कार्यालयहरुबाट सिमेन संकलन एवम वितरण गरी आम किसानहरुले पालेका पशुहरुको नश्ल सुधार गरी दुधको उत्पादन तथा उत्पादकत्व बढाउन भारतबाट मुर्रा राँगाको आयात गरिएकोले वास्तविकता नबुझी टिप्पणी नगर्न एशोसिएसनले अनुरोध गरेको हो । नेपाल सरकारले विगत धेरै वर्ष अघिदेखि नै भारत सरकारसँग मुर्रा राँगा आयातका लागि पहल गर्दै आएको एशोसियसनले जनाएको छ ।

Esewa
Crest

देशलाई दिगो रुपमा दुधमा आत्मनिर्भर बनाउन उच्च प्रजनन् मानका राँगा, साँढे जी टु जी प्रक्रियाबाट पछिल्लो समय भइरहेको राँगा, साँढे आयातबाट वार्षिक करिब ८ लाख डोज सिमेन उत्पादन र वार्षिक ७ लाख ४० हजार सफल कृत्रिम गर्भाधान भइरहेको भेटेरिनरी एशोसियसनले जनाएको छ । पशुपालन व्यवसायलाई नाफा र दिगो बनाउन चालिएको उच्च पिडिग्री रेकर्ड भएका राँगा आयातको कदम र अन्य प्राप्त उपलब्धिलाई नबुझि विभिन्न पत्रपत्रिका, प्रवृद्ध व्यक्ति तथा जिम्मेवार निकायबाट सामाजिक सञ्जाल र संचार माध्यममा हल्का रुपमा भएको टिका टिप्पणी प्रति नेपाल भेटेरिनरी एशोसिएसनले असन्तुष्टि व्यक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS