IME Life New

मुखमा आएको खटिरो जचाउँदा क्यान्सर, ज्योति लाईफद्वारा २० लाख दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काभ्रेको बनेपामा बसाबास गर्दै आएका सलिम श्रेष्ठको मुखमा सानो खटिरो आयो, चेक जाँचको क्रममा हजारतिर भौतारिए, अन्ततः क्यान्सर भएको निष्कर्ष निस्कियो । उपचारको लागि हुने लाखौं रुपैयाँको खर्चले झण्डै डिप्रेशनमा जान लागेको श्रेष्ठले ज्योति लाईफमा जीवन बीमा गर्दा घातक रोग समेत समावेश गरेका कारण २० लाख रुपैयाँ घातक रोगको उपचार खर्च बापतको प्राप्त गरेका छन् ।

Esewa
Crest

ज्योति लाईफ इन्स्योरेन्सले मंगलबार घातक रोगको उपचारको लागि दोलखा घर भइ बनेपा बस्दै आउनु भएका सलिम श्रेष्ठलाई बीमा सम्झौता बमोजिम २० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीका कार्यकारी सिईओ प्रकाशविक्रम खत्रीले सो चेक हस्तान्तरण गरेका हुन् । हाल उपचारको क्रममा रहेका श्रेष्ठले ज्योति लाईफको घातक रोगको बीमा बापतको रकम पाउँदा आफूले नयाँ जीवन पाएको अनुभव गरेको बताए ।

श्रेष्ठले २०७६ साल असारमा २० लाख बीमाङ्कसहितको घात रोग सुविधा सहितको ‘ज्योति सुरक्षित भविष्य’ नामक विमा पोलिसी खरिद गरेको र सोही सम्झौता बमोजिम मुखको क्यान्सर प्रमाणित भएकोले उपचार खर्च भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

ज्योति लाईफले विभिन्न ३५ वटा घातक रोगको उपचार खर्च बापत ५० लाख सम्म दावी भुक्तानी गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS