IME Life New

मुक्तिनाथ विकास बैंकले गर्यो बजेट पसलसँग सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाडौंमा सञ्चालित अनलाइन सपिङ बजेट पसल डटकमसँग व्यावसायिक सम्झौता गरेको छ ।

बजेटपसल डटकममा केही क्लिकबाटै सजिलै खाद्यवस्तु, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामग्री, घरेलु सरसफाइ, सुन्दरताका वस्तुलगायत अनलाइन खरिद गर्न सकिनेछ । बैंकका अनुसार यो सेवा होम डेलिभरीको रहेको हुँदा व्यस्त र कोरोनाको समयमा उपयुक्त हुने बैंकको विश्वास छ ।

Esewa
Crest

सम्झौताअनुसार बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङका ग्राहकले बजेट पसलबाट ३,००० भन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट पाउनेछन् ।

डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्यजुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS