IME Life New

मुक्तिनाथ विकास बैंकको एकैसाथ ६ वटा नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुक्तिनाथ विकास बैंकले एकै साथ ६ वटा शाखा विस्तार गरेको छ । विूतार भएका उक्त नयाँ शाखाहरु काठमाडांंै जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मीजिल्लाको तम्घास शाखा हुन् ।

टोखा शाखाको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन् । प्रमुख अतिथि अधिकारीले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

Esewa
Crest

किर्तिपुर नगरपालिकामा रहेको बैंकको मेयर रमेश महर्जनले गरे । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि महर्जनले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड गर्नु हुँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्ति गरेका थिए ।

त्यसैगरी, बाडेगाउँ शाखाको विस्तारको क्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरे । शाखा कार्यालय उद्घाटनमा गर्नु हुँदै प्रमुख अतिथि महर्जनले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकास बैंकको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

इमाडोल शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि कडेलले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउने बताए ।

गोरखा शाखाको समुद्घाटन गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गरेमा । कार्यक्रममा प्रमुख अतिथि पन्तलेबैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । साथै, तम्घास शाखाको उद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरेको । कार्यक्रममा प्रमुख अतिथि भुसाललेलबैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

हालसम्म बैंकले १ सय १९ वटा शाखा, २५ वटा एटिएम. र ६ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS