IME Life New

मुक्तिनाथ विकास जस्तै गरिमा पनि पुँजी वृद्धिमै लक्षित, के देखाउँछ लाभांसको ईतिहासले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

केही स्थापित विकास बैंकहरु वाणिज्य बैंकमा गाभिन तयार हुँदै गर्दा र आफ्नो नाम मेटाउदै गर्दा गरिमा विकास बैंक भने दिन प्रतिदिन पुँजी वृद्धि गर्दै गएको देखिन्छ। मुक्तिनाथ विकास बैंकले जस्तै गरिमा विकास बैंकले पनि दिन प्रतिदिन ठुलो विकास बैंक बन्न लाभांस घोषणा गर्दा बोनस शेयरलाई नै प्राथमिकतामा राखेको देखिन्छ।

बैंकले केही समय अघि मात्र आर्थिक वर्ष ७५/७६ को लाभांश प्रस्ताव गरेको छ। बैंकले नेप्सेलाई दिएको पत्र अनुसार कम्पनीले १६ दशमलव १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनक लागि ० दशमलव ८५  प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र लगानीकर्ताले प्राप्त गर्ने छन्।

Esewa
Crest

आर्थिक वर्ष ७०/७१ देखि आर्थिक वर्ष ७४/७५ को लाभांशको इतिहास हेर्दा कम्पनीले बोनस शेयरलाई प्राथमिकतामा राखेको देखिन्छ।

कम्पनीको विगत ५ वर्षको लाभांश :

प्रस्तावित लाभांश पछि पूँजी ३ अर्ब कट्ने ?
गरिमा विकास बैंकको अहिले चुक्ता पुँजी  २ अर्ब ७८ करोड छ। बैंकको संचालक समितिले प्रस्ताव गरेको १६ दशमलव ८५ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब २३ करोड पुग्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS