IME Life New

मुक्तिनाथ कृषि कम्पनीको एजिएम असोज २८ गते, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चौंथो वार्षिक साधारणसभा असोज २८ गते गर्ने भएको छ । उक्त सभा बसुन्धारास्थित दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा दिनको १ बजे गर्ने कम्पनीले जनाएको छ । कम्पनीको भदौं ३१ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

साधारणसभामा हाल कायम चुक्तापूँजी ३६ करोड ५५ दशमलव ५५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पेश गरिनेछ । आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायका विवरणहरु पारित गर्ने छ ।

Esewa
Crest

त्यसैगरी सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विभिन्न प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS