IME Life New

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डमा पेश गर्यो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले एफपीओ निष्काशन गर्नका लागि कम्पनीले कार्तिक २३ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता १७७ दशमलव ८० रुपैयाँका दरले ९१ लाख २३ हजार ९८४ दशमलव ८० रुपैयाँ बराबरको ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने जनाएको छ ।

Esewa
Crest

कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग रहेको छ ।

कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । कम्पनीले निष्काशन गर्न लागेको एफपीओलाई इक्रा नेपालले इक्रा एनपी आइआर डबल बी रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष मध्य रहेको देखाउँछ ।

संस्थाको चैत्र १८ गते सम्पन्न दशौँ वार्षिक साधारण सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वीकृती पाएपछि मात्र संस्थाले एफपीओ निष्काशन गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS