IME Life New

मिर्मिरे र स्वेडा लघुवित्तले मर्जरको प्रस्ताव सहित बोलाए विशेष सधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थले स्वेडा लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्ने भएको छ । यी दुबै लघुवित्तहरुले विशेष साधारण सभामार्फत सो प्रस्ताव पारित गर्ने चैत १७ गते विशेष साधारण सभा डाकेका छन् ।सभामा मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने,दुबै लघुवित्तहरुले बिशेष साधारणसभा मार्फत अन्तिम स्विकृती दिने तयारी गरेको छ ।

दुबै सभाले शेयर स्वाप रेसियो पारित गर्ने, संस्थाको पूँजी संरचनामा हुने परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न शेयर जारी गर्ने तथा सोपश्चात कायम हुने चुक्तापूँजीको आधारमा हकप्रद शेयर जारी गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

Esewa
Crest

प्राप्ति पश्चात यी दुई कम्पनीले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्नेछ। प्राप्ति पश्चात बनेको संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहनेछ। यी दुबै कम्पनीले आगामी चैत मसान्तभित्र प्राप्ति सम्बन्धी कार्य पूरा गर्ने लक्ष्य लिएको छ। हाल मिर्मिरेको कार्यक्षेत्र २५ जिल्ला रहेको छ भने स्वेडाले १० जिल्लामा सेवा दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS