IME Life New

मिर्मिरेको सप्ताहव्यापी वित्तीय साक्षरता अभियान शुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ । मिर्मिरेले तय गरेको कार्यक्रम अनुसार पहिलो दिन शाखा कार्यालय खोलेसिमल र भरतपुरका सदस्यहरू तथा खोलेसिमलका स्थानीयबासीहरु सहित चितवनको खोलेसिमलबाट कालिका नगरपालिकाको कार्यालयसम्म ¥याली यात्रा गरेको छ । उक्त र्याली नगरपालिकाको हलमा जम्मा भई वित्तिय साक्षरता सम्बन्धी अन्तरक्रिया तथा भिडियो अवलोकन गरिएको थियो ।

संस्थामा आवद्ध रहेका लघुवित्त सदस्यहरु तथा संस्थाको बाग्मती प्रदेश प्रमुख तुल्सीराम पाठक, उप प्रमुख रबि मल्लाह, भरतपुर शाखा प्रमुख, पिप्ले शाखा प्रमुख, खोलेसिमल शाखा प्रमुख लगायत कर्मचारीहरूको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

ग्लोबल मनि विक कोअर्डिनेशन कमिटीको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकले यहि चैत्र ७ गते देखि १३ गते सम्म वित्तीय साक्षरता मार्गदर्शन,२०७८ कार्यक्रम संचालनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको थियो । सोही अनुरुप मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सप्ताहव्यापी कार्यक्रमहरु तय गरेको हो ।

संस्थाले १३ गते सम्म अधिराज्यका विभिन्न शाखाहरुमा वित्तीय साक्षरता अभिबृद्धिका कार्यक्रमहरु संचालन गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जानकारी दिए । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अधिराज्यभरी ६३ वटा जिल्लामा १४८ वटा शाखा कार्यालयबाट १ लाख ३० हजार सदस्यहरुमा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । संस्थाले हाल २ अर्ब ५० करोड रुपैंया निक्षेप संकलन गरी ९ अर्ब रुपैंया कर्जा लगानी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS