IME Life New

मिथिला लघुवित्तको साधारणसभा पुस २८ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते १५ औं वार्षिक साधारण सभा बोलाएको छ। सो सभा न्यू पौवा होटल एण्ड गेष्ट हाउस, मिथिला नगरपालिकामा बिहान ११ बजे शुरु हुने जनाएको छ। कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणमाछि छलफल गरी पारित गर्नेछ । अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Esewa
Crest

साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुस १६ गते सोमबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS