IME Life New

मिड सोलुको आइपीओ बाँडफाँड, कसले कति पाए शेयर ? यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि साउन १४ देखि साउन २८ सम्म ७४ हजार ८ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार आइपीओमा ३१,५२२ जना आवेदकहरुबाट ७,०४,२०० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो ।

Esewa
Crest

सो मध्ये सम्बन्धित सिआश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट १,८६७ जना आवेदकहरुबाट ५८,६४० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरिएको र बाँकी रहेका जम्मा २९,६५५ जना आवेदकहरुबाट ६, ४५, ५६० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ।

प्राप्त आवेदनहरु रुजु गर्दा ७ जना आवेदकबाट २६० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रितपूर्वक नदेखिएको हुँदा उक्त आवेदनहरुलाई रद्द गरी रितपूर्वक आवेदन प्राप्त जम्मा २९,६४१ जना आवेदकहरुबाट ६, ४५,३०० कित्ता शेयर खरिदको लागि प्राप्त आवेकहरुलाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । जस अनुसार १० कित्ता देखि ३,००० कित्ता सम्म शेयर खरिद आवेदन गर्ने ७,४८४ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता शेयरको दरले जम्मा ७४,८४० कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

आइपीओको नतिजा क्यापिटलको वेभसाईट http://www.nicasiacapital.com वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेभसाईट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS