IME Life New

मिटरब्याज पिडितको मागलाई सम्बोधन गर्न विवेकशील साझाको अपिल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विवेकशील साझा पार्टीले मिटरब्याज पिडितको मागलाई दिगो रुपमा सम्बोधन गर्न सरकारसँग अपिल गरेको छ । सरकारलाई आफ्नो माग सुनाउन १२ दिनको पैदल यात्रा गरि बर्दिवासबाट काठमाडौं आएका पिडितहरुलाई खुल्लामञ्च प्रवेशमा लगाएको निषेध, सडक पेटीमा भएको बास र प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै गरेका पिडितलाई टंगालमै रोकिएकोबारे ध्यानाकर्षण भएको भन्दै विवेकशील पार्टीले विज्ञप्ती जारी गरेको हो ।

मिटरब्याजको पीडा राष्ट्रिय समस्याकै रुपमा बढ्दै गइरहेको अवस्थामा मुलुकी अपराध सहिंता २०७४ संशोधन गरेरै मिटरब्याजीहरुलाई कानूनी दायरामा ल्याउने प्रक्रिया दु्रत गतिमा अघि बढाउन र देशभर आफ्ना संयन्त्रहरु मार्फत विशेष कार्यान्वयन अभियान चलाएर मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउन समेत विवेकशील साझाले सरकारसँग माग गरेको छ ।

Esewa
Crest

साथै, उक्त विज्ञप्तिमा मिटरब्याज पीडितहरुका माग र समस्याको समाधानका लागि यसअघि नै गठित मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलद्धारा पेश गरिएको प्रतिवेदनमा दिइएको सुझावका अतिरिक्त यस्ता समस्याको दिर्घकालीन समस्याको लागि वित्तीय साक्षरता बढाउने राष्ट्रिय अभियान सञ्चालन, मिटरब्याज जस्ता अनौपचारिक तथा गैर कानूनी वित्तीय कारोबार समाजमा प्रचलित लेनखेनको कार्य घटाउन वित्तीय संस्थाहरुलाई जवाफदेही बनाउने, नागरिकले ऋण लिनुपर्ने बाध्यताका घटनाहरु अध्ययन गरी हरेक घटना सुहाउँदो योजना बनाई स्थानीय सरकारद्धारा कार्यन्वयन गराउने नीतिगत व्यवस्था गर्न समेत उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS