IME Life New

मालपोत कार्यालयमा एनएमबि बैंकको विस्तारित काउण्टर शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । बैंकले सेवाग्राहीहरुलाई सहज होस् भन्ने उद्देश्यले विस्तारित काउण्टर शुभारम्भ गरेको हो ।

नेपाल सरकार भुमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यता र नेपाल सरकार भुमी व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबि बैंक लि।का प्रमूख कार्यकारी अधिकृत सुनिल केसीको विशेष आतिथ्यता तथा एनएमबि बैंक प्रदेश नं १ का प्रमुख उत्सव घिमिरेको सभापत्विमा आयोजित एक कार्यक्रमका माझ शुक्रबार मालपोत कार्यालय परिसरमा विस्तारित काउण्टरको विधिवत उद्घाटन भएको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा बेलबारी नगरपालिका वडा नं।३ का अध्यक्ष योगेन्द्र सुवेदी, एनएमबि बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे, मालपोत कार्यालय वेलबारी विस्तारित काउण्टरका प्रमूख भानुभक्त न्यौपाने, भुमी सुधार तथा मालपोत कार्यालय बिराटनगरका प्रमूख लोकबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारीका अध्यक्ष गोविन्द फुयाल अतिथीको रुपमा रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS