IME Life New

मार्केट क्याप १ ट्रिलियन डलर पुग्ने विश्वको पहिलो गैरटेक कम्पनी बन्यो बर्कशायर हाथवे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो लगानीकर्ता वारेन बफेटको बर्कशायर हाथवेले बुधबार पहिलोपटक १ ट्रिलियन डलरको मार्केट क्याप पार गरेको छ। यो कोसेढुंगा हासिल गर्ने विश्वको पहिलो गैरटेक कम्पनी हो।

थप ६ कम्पनीले यो माइलस्टोनमा पुगेका छन्। कम्पनीले आफ्नो पोर्टफोलियोमा दोस्रो ठूलो कम्पनी बैंक अफ अमेरिकाको शेयर बेचेको समयमा यो उपलब्धि हासिल गरेको हो। यो बिक्री पछिल्ला केही हप्तामा गरिएको हो।

Esewa
Crest

कम्पनीले जुलाईदेखि हालसम्म बैंक अफ अमेरिकाको १२ करोड ९० लाख कित्ता शेयर ५ अर्ब ४० करोड डलरमा बेचेको छ। बैंक अफ अमेरिकाको शेयर यस वर्ष ३१ प्रतिशतले बढेको छ।

यस्तो अवस्थामा वारेन बफेटको यो कदमले विश्वभरका लगानीकर्तालाई चकित बनाएको छ। केही विज्ञहरुले यसलाई बफेटको दीर्घकालीन लगानी रणनीतिमा आएको परिवर्तनको संकेतका रुपमा हेरिरहेका छन्।

यसअघि बफेटले एप्पलको ३८.९ करोड शेयर बेचिसकेका थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS