IME Life New

माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँड मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बिहीबार बाँडफाँड गर्ने जनाएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहिबार बिहान ९ः३० बजे क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गर्ने जनाएको छ ।

कम्पनीले माघ १३ गते शुक्रबारदेखि आइपीओ निष्काशन गरेको हो । आइपीओमा करिब १४ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गको तथ्यांक अनुसार अन्तिम दिनसम्ममा १३ लाख ९७ हजार ७२३ वटा आवेदकबाट १ अर्ब ५८ करोड ६३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ६३ हजार ८१० कित्ता शेयरको लागि आवेदन परेको हो । सर्वसाधारणलाई निष्काशन गरेको १९ लाख ९२ हजार कित्ता शेयरको ७.९६ गुणा बढी हो ।

Esewa
Crest

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आइपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यस अघि निष्काशन गरिसकेको छ ।

त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

हाल कम्पनीको जारी पूँजी एक अर्ब रुपैयाँ र चुक्ता पूँजी ६६ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS