IME Life New

मानुषी लघुवित्तले बोलायो पुस २९ गते साधारणसभा, दुई सञ्चालकको निर्वाचन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्तले पुस २९ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले उक्त सभा काभ्रेको साँगामा रहेको लहरीखर्क रिसोर्टमा गर्ने जनाएको छ । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव गरेको छैन।

सभाले आर्थिक वर्ष २०७७/२०७८ को तेस्रो वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको मिति २०७८ आषाढ मसान्तको वासलात आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रबाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले बैंक तथा वितीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वितीय संस्थाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने, लेखापरिक्षक श्री सिए हेम कुमार काफ्ले एच डि.एस डि एसोसियट्स पनि योग्य हुने र सर्वसाधारण समुहबाट २ जना सञ्चालकहरुको निर्वाचन गरी नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

त्यसैगरी प्रवन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमनकारी निकायहरुबाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरु सँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने, संचालकहरुको बैठक भत्ता वृद्धि गर्नका लागि प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS