IME Life New

मानुषी लघुवित्तको पाँचौं वार्षिक साधारण सभा चैत ३० गते, के-के छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले आफ्नो पाँचौं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । सभा होटल उग्रचण्डी बनेपामा विहान १०ः३० बजे आयोजना गर्ने जनाएको छ । संस्थाको चैत ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/०८० को पाँचौं वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट अध्यक्ष ज्युले प्रस्तुत गर्नु हुने प्रतिवेदन माथि छलफल गरी पारित गर्ने सम्बन्धमा, लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/ ०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/ ८१ को लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमकारी निकायहरु बाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न, निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी  प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS