IME Life New

मात्र ५ मिनेटमै साढे ८४ करोडको सुनले बनेको ट्वाइलेट चोरी, किन फेला परेन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतको एउटा अदालतलाई ब्लेनहाइम प्यालेसबाट ४८ लाख पाउन्ड स्टेर्लिङ (लगभग साढे ८४ करोड रुपैयाँ) मूल्यको सुनको ट्वाइलेट चोरी भएको बताइयो। यो सुनको ट्वाइलेट मात्र ५ मिनेटमै चोरी भएको थियो।

यो सुनको ट्वाइलेट सन् २०१९ सेप्टेम्बरमा अक्सफोर्डसायरको ब्लेनहाइम प्यालेस नामक विलासी घरमा कला प्रदर्शनीमा राखिएको थियो। त्यतिबेला यो ट्वाइलेट पूर्ण रुपमा सञ्चालनमा थियो।

Esewa
Crest

इङ्ल्यान्डको अक्सफोर्ड क्राउन कोर्टमा सुनुवाइका क्रममा यो सुनको ट्वाइलेट चोरीपछि फुटेको हुनसक्ने आशंका पनि गरिएको थियो। अभियोजक जुलियन क्रिस्टोफर केन्सीले अदालतलाई सन् २०१९ सेप्टेम्बर १४ को बिहान चोरी भएको बताए।

सुनको ट्वाइलेट कसरी चोरी भयो ?

यो चोरी ५ जनाको समूहले गरेको अदालतले जनाएको छ। यो गिरोह बन्द गेट फोडेर ब्लेनहाइम प्यालेसमा प्रवेश गरेको थियो। चोरहरुले घटनास्थलमा प्रयोग गरिएका हथौडाहरु छोडेर गएको अदालतलाई बताइयो।

सुनको ट्वाइलेटको तस्बिर चोरी हुनुभन्दा १७ घन्टाअघि खिचिएको थियो। अभियोजक जुलियन क्रिस्टोफरले अदालतलाई भने कि यो फोटो मुद्दाका प्रतिवादी माइकल जोन्सले खिचेका थिए। जब कि जोन्स डकैतीको उद्देश्यका लागि जानकारी संकलन गर्ने घटनास्थलमा थिए।

जुलियन क्रिस्टोफरले अदालतलाई भने कि यो चोरी गर्न मात्र ५ मिनेट लाग्यो। उनले भने, ‘चोरी भएको सुनको ट्वाइलेट कहिल्यै बरामद हुन सकेको छैन। ट्वाइलेट भत्काएर सुन ससानाको टुक्रा पारेर बाँडिएको हुन सक्छ।’

यस मामिलामा एक व्यक्तिले आफ्नो अपराध स्वीकार गरेको न्यायाधीशहरुलाई भनिएको थियो। ती व्यक्तिको नाम जेम्स सिन भएको बताइएको छ। जो ४० वर्षका र नर्थह्याम्प्टनसायरको वेलिंगबरो निवासी हुन्।

जेम्स सिनलाई अप्रिल २०२४ मा चोरी, आपराधिक सम्पत्ति हस्तान्तरण र यस्तै अपराध गर्ने षड्यन्त्रमा दोषी ठहर गरेका थिए। जब कि अन्य अभियुक्तले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।

अक्सफोर्डको डिभिनिटी रोडका ३९ वर्षीय माइकल जोन्सले चोरीको आरोप अस्वीकार गरेका छन्। विन्डसरका ३६ वर्षीय फ्रेड डो, जसलाई पहिले फ्रेडरिक साइन्स भनिन्छ र पश्चिम लन्डनका ४१ वर्षीय बोरा गुचुकले आपराधिक सम्पत्ति हस्तान्तरण गर्ने षड्यन्त्रको आरोप अस्वीकार गरेका छन्।

अनुसन्धानमा अरु के–के खुल्यो ?

यो चोरी भएको १८ क्यारेट सुनको ट्वाइलेट इटालियन वैचारिक कलाकार माउरिजियो क्याटेलानको प्रदर्शनीको हिस्सा थियो। सुनको ट्वाइलेटको तौल ९८ किलो थियो र ६० लाख डलरको बीमा गरिएको थियो।

अदालतलाई सुनको मूल्यअनुसार त्यसबेला अर्थात सेप्टेम्बर २०१९ मा ट्वाइलेटमा प्रयोग भएको सुनको मूल्य २८ लाख पाउन्ड (लगभग पौने ४९ करोड रुपैयाँ) रहेको बताइएको थियो।

जेम्स सि, फ्रेड डो र बोरा गुचुकका फोनमा भेटिएका सन्देश, भ्वाइस नोट र स्क्रिनसटले तीनैजनाले चोरीको सुन बेच्ने कुरा गरेको देखाएको अभियोजकहरुले बताएका छन्। ती व्यक्तिले चोरी भएको करिब २० केजी सुन प्रतिकिलो २५ हजार ६३२ पाउन्ड (लगभग ४५ लाख रुपैयाँ) मा बेच्न वार्ता गरेका थिए।

लन्डनको ह्याटन गार्डेनमा ज्वेलर्स पसल चलाउने बोरा गुचुकले प्रतिकिलो सुन बिक्री गर्दा करिब ३ हजार पाउन्ड (करिब सवा ५रुपैयाँ) नाफा कमाएको दाबी गरिएको थियो।

इंग्ल्यान्डको ब्लेनहाइम प्यालेसबाट सुनको ट्वाइलेट चोरी भएको थियो। यो युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश छ। यो सर विन्स्टन चर्चिलको जन्मस्थल हो।

ब्लेनहाइम प्यालेसबाट सुनको ट्वाइलेट चोरीको मुद्दा चलिरहेको छ। –बीबीसीबाट भावानुवादित

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS