IME Life New

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ प्रवर्द्धनअन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ।उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रायोजन गरेको हो।

एसएक्ससी स्यान्डबक्स एक आईटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो। जहाँ सहभागीलाई सूचना तथा प्रविधिसम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गरिएको थियो।

Esewa
Crest
कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रयोजन गरी विजेता टिमलाई ६ महिनाका लागि बैंकले आफ्नै निगरानीमा राखी विभिन्न आन्तरिक तथा ग्राहकमुखी इनोभेसनसम्बन्धी काम गर्न आवश्यक अवसर प्रदान गर्ने बैंकले बताएको छ।

जसले गर्दा बैंकले आइटी विषय लिई अध्यनरत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान लिन प्रभावकारी भूमिका खेल्न मद्दत गर्ने बैंकको भनाइ छ।यस प्रकारको सम्झौताले बैंक र सेन्ट जेभिर्यस कलेजको सम्बन्धमा नयाँ आयाम थपेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS