IME Life New

माछापुच्छ्रे बैंकले पनि घटायो ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले पनि मंसिरका लागि निर्धारित ब्याजदर परिमार्जन गर्दै घटाएको छ।

बैंकले आज मंसिर २६ गतेदेखि लागू हुने गरी मंसिरमा लागू गरिएको ब्याजदर घटाएको हो। बैंकले ब्याजदर परिमार्जन गर्दै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.६० प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत कायम गरेको छ। यसअघि मंसिर १ गतेदेखि लागू हुने बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १०.६०३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत कायम गरेको थियो। बैंकले मुद्दति निक्षेपमा १ प्रतिशतको विन्दुमा ब्याजदर घटाएको छ।

Esewa
Crest

यसैगरी कल निक्षेपको ब्याजदर पनि बैंकले घटाएर २.३० प्रतिशत कायम गरेको छ। यसअघि कल निक्षेपको ब्याजदर २.८०२ प्रतिशत थियो।
अन्य सामान्य बचतको ब्याजदर ५.६०३ प्रतिशतदेखि ८.६०३ प्रतिशतसम्म ब्याजदर रहेकोमा बैंकले घटाएर अब ४.६० प्रतिशतदेखि ७.६० प्रतिशतमा झारेको छ।

यसअघि कुमारी र एनएमबि बैंकले पनि मंसिरमा लागू गरिएको ब्याजदर घटाएका थिए। एनआईसी एसिया बैंकले भने पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS