IME Life New

माघ महिनासम्ममा बैंक वित्तीय संस्थाको मुनाफा ४४ अर्ब ४० करोड, कुन बैंकको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनासम्ममा बाणिज्य बैंक, विकास बैंक र फाइनान्सले ४४ अर्ब ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । जसमा बाणिज्य बैंकहरुको मात्रै मुनाफा ४१ अर्ब ५ करोड रुपैयाँ छ । माघ महिनासम्ममा सर्वाधिक धेरै मुनाफा नविल बैंकको ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति सँगै नविल बैंकको मुनाफामा उल्लेख्य सुधार देखिएको छ ।

दोस्रो धेरै मुनाफा एनआइसी एशियाको तीन अर्ब ६७ करोड रुपैयाँ रहेको छ । तेस्रो धेरै मुनाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक छ । बैंक अफ काठमाण्डूलाई गाभे सँगै बैंकको मुनाफा तीन अर्ब ५५ करोड रुपैयाँ रहेको छ । राष्ट्रिय बाणिज्य बैंकले तीन अर्ब ६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

Esewa
Crest

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक गाभिएर नेपाल इन्भेष्टमेन्ट मेगा बने पनि मुनाफामा भने उल्लेख्य सुधार देखिन सकेको छैन । अन्य बाणिज्य बैंकहरुको क्रमश एनएमबी बैंक २ अर्ब २३ करोड, स्ट्याण्डर्ड चार्टर्ड २ अर्ब २ करोड, प्राइम एक अर्ब ९९ करोड, एभरेष्ट एक अर्ब ८८ करोड, नेपाल बैंक एक अर्ब ७० करोड, प्रभु बैंक एक अर्ब ६६ करोड, सानिमा एक अर्ब ५३ करोड, कुमारी एक अर्ब ५३ करोड, सिद्धार्थ बैंक एक अर्ब ४५ करोड, नेपाल एसविआइ बैंक एक अर्ब ३८ करोड, हिमालयन बैंक एक अर्ब २९ करोड, लक्ष्मी बैंक एक अर्ब २८ करोड, माछापुच्छ्रे बैंक एक अर्ब १७ करोड, सिटिजन एक अर्ब एक करोड, सन राइज ८६ करोड, सिभिल ७७ करोड र कृषि विकास बैंकको १० करोड रहेको छ ।

बाणिज्य बैंकहरु मात्रै होइन विकास बैंकहरु पनि मुनाफामा आक्रामक छन् । बिकास बैंकहरु मध्ये सबैभन्दा धेरै मुक्तिनाथ विकास बैंकले ७३ करोड ७८ लाख रुपैयाँ आर्जन गरेका छन् । त्यस्तै गरिमा विकास बैंकले ५८ करोड ७३ लाख, साइन रेसुङ्गा ४९ करोड, महालक्ष्मी ३६ करोड ४२ लाख, लुम्बिनी विकास बैंकको ३० करोड रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

0%
sad

दु :खी

12%
amazed

अचम्मित

12%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS