IME Life New

माउन्टेन ग्लोरीले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरामा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गर्दै आएको माउन्टेन ग्लोरी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एलएस क्यािपटल लिमिटेड नयाँ बानेश्वर, काठमाडौलाई नियुक्त गरेको छ ।
कम्पनीले सर्वसाधारणको लागि रु.१०० अकिंत दरको ४०,००,००० कित्ता शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो । एलएस क्यापिटल लिमिटेड ,लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी हो ।
साधारण शेयर निष्काशन सम्बन्धी सम्झौतामा कम्पनीको तर्फवाट अध्यक्ष सुनिल भक्त श्रेष्ठ तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरी सम्झौता पत्र आदाप्रदान गरेका हुन् ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको यो रिसोर्टले ४० करोड रुपैयाँको साधारण शेयर निकट भविष्यमा निष्काशन गर्ने योजना बनाएको छ । शेयर निष्काशन पश्चात होटलमा कोठा थप गरी विदेशी होटलसंँग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना कम्पनीको छ ।
हाल यो कम्पनीको जारी पूँजी रु.१ अर्व ५० करोड रहेको छ। माउन्टेन ग्लोरी लिमिटेडले विगत आठ वर्षदेखि पोखराको दोभिल्लास्थित करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित विशेष सुविधा सम्पन्न माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS