IME Life New

माई खोला हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ३९ लाख २१ हजार ५६८ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको शेयरलाई नेप्सेले एमकेएचएल  (MKHL) कारोबार संकेत प्रदान गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई वितरण गरेको ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) लाई निष्काशन गरिएको १५ लाख २९ हजार ४११ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २० लाख कित्ता सहित उक्त बराबरको शेयर नेप्सेमा सूचिकृत भएको हो ।

Esewa
Crest

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १११ रुपैयाँ ६७ पैसा देखि ३३५ रुपैयाँ १ पैसासम्मको लागि ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा भोलि मंगलबारदेखि कम्पनीको शेयर कारोबारमा आउछन् ।

1684131863850

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS