IME Life New

माईखोला हाइड्रोपावरले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माईखोला हाइड्रोपावर कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीले असोज ९ गते मंगलबार लर्ड पार्टी भेन्युमा साधारण सभा बोलाएको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने , संचालक समितिबाट भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्नेछ ।

सभाले संस्थागत सुसाशन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने, संचालक समितिले प्रस्ताव गरी कम्पनीको साधारण सभामा पेश गर्न विद्युत नियमन आयोगबाट प्रस्ताव स्विकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता शेयरपुँजीको १ः१ को अनुपातमा हकप्रद शेयर निश्काशन गर्नेछ ।

सभाले कम्पनीको ठेगाना परिवर्तन गर्ने, कम्पनीको अधिकृत पूँजी, जारी पूंजी तथा चुक्ता पुँजी बृद्धि गर्ने। कम्पनीको ठेगाना तथा कम्पनीको पुँजी वृदि गर्दा कम्पनीको प्रवन्ध पत्र, नियमावली संसोधन गर्नु पर्ने हुँदा तीन महले बमोजिम कम्पनीको प्रवन्ध पत्र, नियमावलीमा संशोधन गर्नेछ ।

सभाले प्रस्तावित संसोधन तथा धितोपत्र दर्ता तथा निश्कासन सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, अन्य कम्पनीमा लगानी गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ३१ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS