IME Life New

माइक्रोफाइनान्सले काठमाडौं उपत्यकामा एउटा शाखा कार्यालय खोल्न पाउने, एउटा वडामा एउटा मात्रै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले उपत्यका बाहिर २०७७ पुस मसान्तपछि दुई वटा शाखा खोलि सञ्चालनमा ल्याए पश्चात काठमाडौं उपत्यकामा एउटा शाखा खोल्न पाउने भएका छन्। तर काठमाडौं उपत्यका भित्रका स्थानिय निकायमा यस अगाडि शाखा खोलिएको हुनु हुँदैन। उपत्यकाको स्थानीय तहका वडाहरुमा एक शाखा खोल्न पाइने राष्ट्र बैंकले जनाएको छ। तर उक्त वडामा कुनै पनि एउटा लघुवित्तको एउटा मात्रै शाखा रहनु पर्ने छ।

यस्तो सुविधा प्राप्त गर्नका लागि काठमाडौं उपत्यका बाहिर खोलिने दुई शाख मध्ये कम्तिमा एक शाखा गाँउपालिकामा खोलिएको हुनु पर्नेछ। राष्ट्र बैंकले काठमाडौं उपत्यका भित्र शाखा खोल्नलाई कडाइ गर्दै आएमा यस निर्देशन सँगै लघुवित्तहरुले काठमाडौंमा पनि आफ्ना शाखा खोल्ने अवसर पाउने भएका छन्।

Esewa
Crest

राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशनको निर्देशन १३/०७७ को बुँदा नम्बर एक को उपबँदा (ङ) लाई संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो। राष्ट्र बैंकले मर्जमा गएका संस्थाहरुलाई भने काठमाडौं उपत्यका भित्र केन्द्रिय कार्यालय खोल्ने सुविधा प्रदान गर्दै आएको छ।

काठमाडौं उपत्यका भित्रका प्रत्येक वडामा लघुवित्तले एउटा शाखा खोल्न पाउने व्यवस्था सँगै अव सम्पुर्ण लघुवित्त वित्तीय संस्थाले काठमाडौं उपत्यका भित्र आफ्नो शाखा कार्यालय मार्फत काम गर्न पाउने भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS