IME Life New

महुली लघुवित्तकी कर्मचारीमाथि निर्घात कुटपिट, आक्रमणकारीमाथि कारबाही गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सप्तरीको महुलीस्थित महुली लघुवित्त वित्तीय संस्थाकी महिला कर्मचारीमाथि बुधबार निर्घात कुटपिट भएको छ। संस्थाले आज एक विज्ञप्ति जारी गर्दै संस्थाकी महिला कर्मचारीमाथि निर्घात कुटपिट भएको जानकारी गराएको हो। भौतिक आक्रमणमा संलग्नहरुमाथि कारबाही गर्न संस्थाले माग गरेको छ।

बुधबारका दिन दिउँसो २ बजे महुली लघुवित्तको शाखा कार्यालय करिब १०० भन्दा बढी जनाको समूहले घेरा हाली प्रवेश गर्न खोज्दा कर्मचारीहरु डराई कार्यालयको ढोका लगाई माथिल्लो तल्लामा रहेको आफ्नो आवसीय कोठामा गई ढोका लगाई बसेको विज्ञप्तिमा जानकारी दिइएको छ। ‘माथि कोठामा बसेको अवस्थामा सुरक्षामा खटिएका प्रहरी समेतलाई नटेरी कार्यालयको मूल ढोका विभिन्न घरेलु हात हतियारले तोडफोड गरी भित्र प्रवेश गरेको र ज्यान मार्ने नै मन्सायले ह्याक्सो बलेड, भाटा आदि विभिन्न हतियार प्रयोग गरी कर्मचारी बस्ने कोठा समेतको ढोका फुटाई महिला कर्मचारीलाई समेत भौतिक आर्कमण गरी निर्धात कुटपिटबाट गम्भीर घाइते बनाएको घटनाको संस्था घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

Esewa
Crest

दिउँसोको समयमा नेपाल सरकाले अतिआवश्यक क्षेत्रमा पर्ने बैंक तथा वित्तीय क्षेत्रको सेवामा कार्यरत कर्मचारीहरु तथा कार्यालयमा प्रहरी प्रशासनलाई समेत बेवास्ता गरी कर्मचारी लक्षित गरी भएको भौतिक आक्रमण र वित्तीय संस्थाको सम्पत्तिमा पर्न गएको जोखिममा संलग्न समूह तथा व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको माग संस्थाले गरेको छ।

संस्थाले विधिको शासन तथा नियमनकारी निकायबाट प्राप्त नीति निर्देशनबमोजिम कामकारबाही गर्दै आइरहेकोमा हुलहुज्जत गरी आफ्नै हिसाबले ‘राष्ट्र बैंक हामी चिन्दैनौँ, लिएको कर्जा मिनाहा हुन्छ, अब आइन्दा किस्ता उठाउन पाइँदैन, कोही कर्मचारी किस्ता उठाउन गए भौतिक कारबाही गर्छौं’ भन्ने माग राख्दै गरिएको आन्दोलनले आमजनमानसमा समेत भ्रम तथा अराजकता फैलाएकोप्रति संस्थाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

यसरी संस्था तथा कार्यरत कर्मचारीहरु लक्षित संघातिक आक्रमण गर्नु तथा संस्थाको नीति–नियमप्रति पूर्णबफादार रही आफ्नो कामकर्तव्य पालना गरी रहेको कर्मचारीप्रति दिन दाहाडै खुलेआम राज्यको कानुनलाई चुनौती दिँदै गरिएको यस्ता अमानवीय गतिविधि एउटा संस्था तथा कर्मचारीप्रति नभई समग्र संस्था तथा कर्मचारीहरुप्रति रहेकोले यस किसिमका अराजक गतिविधिले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो काम कारवाही गर्न अप्ठ्यारो पर्ने विज्ञप्तिमा जनाइएको छ। ‘त्यसैले यस प्रकारका अवाञ्छित गतिविधिहरुलाई तत्काल नियन्त्रण गरी अतिआवश्यक सेवाअन्तर्गत रहेको वित्तीय सेवा नियमित रुपमा सञ्चालनमा रहने बातावरणका लागि सहयोग पुर्याइदिन नेपाल सरकार, नेपाल राष्ट्र बैंक, स्थानीय सरकार तथा सम्बन्धित अन्य निकायहरुमा हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

ग्राहक र संस्थाबीचमा सुमधुर सम्बन्ध कायम गरी ग्राहक संरक्षणको अवधारणालाई मुख्य प्रथमिकतामा राखी सेवा प्रवाह गर्न लघुवित्त वित्तीय संस्थाहरु सदैव दृढ रहेको संस्थाले जनाएको छ। ‘यस्ता किसिमका घटनाबाट कत्ति पनि विचलित नभई आगामी दिनमा पनि निरन्तर रुपमा ग्राहक सदस्यहरुलाई अझ उत्कृष्ट सेवा उपलव्ध गराउने कुराको प्रतिवद्धता पनि व्यक्त गर्दछौँ’, संस्थाले भनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS