IME Life New

महिला लघुवित्तको ६ लाख बढी कित्ता शेयरको लकइन अवधि फागुन १३ मा सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको ६ लाख बढी कित्ता शेयरको लकइन अवधि फागुन १३ गते सकिने भएको छ।

महिला लघुवित्तको ६ लाख कित्ता संस्थापक शेयर र कर्मचारीको ५ हजार कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो। महिला लघुवित्तले २०७७ साल फागुन १४ गते साधारण शेयरको बाँडफाँड गरेको थियो। फागुन १३ गतेपछि यी शेयर दोस्रो बजारमा कारोबारमा आउनेछन्।

Esewa
Crest

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ११ मा भएको व्यवस्थाअनुसार संस्थापक शेयरधनीको पुस ३० गते नै लकइन समाप्त भइसकेको कम्पनीले जनाएको छ।

संस्थाको संस्थापक शेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा संस्थाको उच्च तहमा रहेका कर्मचारीले भने शेयर खरिदबिक्री गर्न नपाउने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS