IME Life New

महिला लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महिला लघुवित्तले छैटौं वार्षिक साधारण सभा आज फागुन २७ गते गर्दैछ । उक्त सभा धुलिखेल स्थिर हिमालय दृष्य रिसोर्टमा गर्ने जनाएको छ । कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व.२०७९/८० को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात तथा सोहि मितिमा समाप्त आ।व। २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०७३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले यस वित्तीय संस्थाको क समुहमा रहेका संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सच्चालकहरूको निर्वाचन गर्ने, यस वित्तीय संस्थाले अन्य इजाजतप्राप्त घ बर्गका लघुवित्त संस्थाहरूलाई गाभिने गाभ्ने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङकन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने गाभिने प्राप्ति तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालकहरूको बैठक भत्ता तथा अन्य सुविधा, वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियामावलीमा नियमनकारी निकायहरूबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिर्माजन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS