IME Life New

महालक्ष्मी लाइफका सिइओ भट्टराईको तलब भत्ता ७५ लाख २६ हजार रुपैयाँ, उच्च व्यवस्थापन तहका कर्मचारीको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ७५ लाख २६ हजार ५८१ रुपैयाँ बुझेका छन् । भट्टराईले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पारिश्रमिक, भत्ता तथा सुविधा बापत ६९ लाख ९ हजार ५०० रुपैयाँ बुझेका छन् ।

Esewa
Crest

उनले यस बाहेक नियम अनुसार कर्मचारी बोनसको रुपमा तीन लाख ७० हजार ५०६ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै फोर्स लिभ बापत २ लाख ४६ हजार रुपैयाँ सहित ७५ लाख २६ हजार ५८१ रुपैयाँ बुझेका हुन् । यस भन्दा अघिल्लो आर्थिक वर्षमा भट्टराईको तलब भत्ता जम्मा ३८ लाख १६ हजार रुपैयाँ मात्रै थियो ।

त्यस्तै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बापत ३३ लाख ७७ हजार रुपैयाँ प्राप्त गरेका छन् । अर्का नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले ३२ लाख ४७ हजार ४६५ रुपैयाँ बुझेका छन् । सहायक महाप्रबन्धक सपना देवकोटा खरेलले वार्षिक पारिश्रमिक भत्ता तथा अन्य सुविधा बापत १८ लाख ९३ हजार, सहायक महाप्रबन्धक प्रशान्त राज धमलाले २४ लाख ६९ हजार रुपैयाँ, सहायक महाप्रबन्धक हरि प्रसाद ढुंगानाले एक लाख तीन हजार रुपैयाँ लिएका छन् ।

प्रबन्धकहरु योगेश कुमार नेपालले वार्षिक पारिश्रमिक भत्ता तथा अन्य सुविधा बापत १६ लाख १४ हजार रुपैयाँ, सिताराम धिमालले १५ लाख ३० हजार रुपैयाँ र पवन कुमार नेपालले १५ लाख २९ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस आर्थिक वर्षमा कम्पनीको कर्मचारी खर्च मात्रै ११ करोड रुपैयाँ रहेको छ । जस मध्ये कर्मचारीले तलब बापत ४ करोड ६३ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै भत्ता बापत तीन करोड ७५ लाख रुपैयाँ खर्च भएको छ । कर्मचारीहरुले दशै खर्च बापत ५३ लाख तीन हजार रुपैयाँ बुझेका छन् । यसमा कर्मचारीहरुले नियम अनुसार पाउने मुनाफाको बोनस रकमलाई समावेश गरिएको देखिदैन ।

कम्पनीका सञ्चालक समितिका अध्यक्षले वार्षिक पारिश्रमिक भत्ता तथा सुविधा बापत २८ हजार रुपैयाँ अर्का सञ्चालक मोहन राज जोशीले ३३ हजार रुफैयाँ, सञ्चालक सुरेश सापकोटाले २७ हजार रुपैयाँ र सञ्चालक उमेशलाल श्रेष्ठले २४ हजार रुपैयाँ बुझेका छन् ।

 

कम्पनीले भोलि भोलि माघ २७ गते चौथो वार्षिक साधारणसभा गर्दैछ । कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले प्रधान कार्यालय कमलपोखरीमा साधारणसभा आयोजना गर्ने निर्णय गरेको थियो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन उपर छलफल गरी पारिने प्रस्ताव लैजाने भएको छ । त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/७७ को आय व्यव हिसाव, नाफा/नोक्सान र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्नेछ । सञ्चालक समितिद्धारा स्वतन्त्र सञ्चालकमा नियुक्त रविराज भट्टराईको नियुक्तिलाई अनुमोदन गर्ने भएको छ ।

लेखापरीक्षण समितिद्धारा सिफारिस आनन्दराज शर्मा वाग्ले, वाग्ले एण्ड एसोसियट्सलाई आर्थिक वर्ष २०७७/७८ अवधिका लागि लेखा परिक्षकमा नियुक्त गर्ने प्रस्ताव रहेको छ ।

कम्पनी ऐन २०६३ को दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०७६/७७ मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव साधारणसभा लैजाने भएको छ । साधारणसभा कोभिड १९ को संक्रमणका कारण भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS