IME Life New

महाराजगञ्जमा खुल्यो सामसङ स्मार्ट प्लाजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महाराजगञ्जमा नयाँ सामसङ स्मार्ट प्लाजाको उद्घाटन भएको छ । सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम र हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाद्वारा संयुत रुपमा उद्घाटन गरे । जसले सामसङ र गोल्छा ग्रुप बीचको बलियो सहकार्यलाई झल्काउँछ। शोरुमको उद्घाटनमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाको पनि उपस्थिति थियो ।

अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य बनाउनका लागि सामसङले इन्स्टा फाइनान्स मार्फत हुलास फिन सर्भ सँगको सहकार्यमा फाईनान्स सुविधा उपलब्ध गराउदै आएको छ । जुन सामसङ प्लाजामा पनि लिन सकिन्छ। साथै, एक्सचेन्ज सुविधाले सजिलैसँग नयाँ उत्पादनमा अपग्रेड गर्न अवसर प्रदान गर्छ र सुविधालाई अझ सरल बनाउँछ।

Esewa
Crest

हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले उद्घाटन समारोहमा आफ्नो उत्साह व्यक्त गर्दै भने, “महाराजगञ्जस्थित हाम्रो नयाँ सामसङ स्मार्ट प्लाजा थप हुनु हाम्रो प्रगतिको प्रमाणमात्र नभई हाम्रा ग्राहकहरूलाई उन्नत प्रविधि नजिक ल्याउने प्रतिबद्धताको प्रतिक पनि हो। यस विशिष्ट शोरुमले हाम्रो ग्राहकको समग्र सामसङ सँगको अनुभवलाई माथि उठाउने प्रतिबद्धतालाई झल्काउँछ।”

यो नयाँ सामसङ स्मार्ट प्लाजा नेपालमा हिम इलेक्ट्रोनिक्स अन्तर्गतको सामसङको १३ औं शोरुम हो्र ग्राहकहरूलाई प्रत्यक्ष रूपमा सामसङको उच्च गुणस्तर र नवीनतम प्रविधिको अनुभव गराउनका लागि डिजाइन गरिएको जीएसआई ४.० अनुरूपको यस प्लाजाले सामसङका घरायसी उपकरण, अडियो भिजुअल उपकरणहरू, र नवीनतम स्मार्टफोनहरूको पहुँचलाई अझै नजिक ल्याएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS