IME Life New

महाकाली नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदुर पश्चिम प्रदेश धनगढीले दार्चुला जिल्लाको सदरमुकाम खलंगा स्थित महाकाली नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा महाकाली नगरपालिकाकी उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, बिशेष अतिथिका रुपमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर ठगुन्ना, वडाध्यक्षहरु, अन्य उपस्थितिहरुमा नगर पालिकाका पशुशाखा प्रमुख, कृषि विकास शाखा प्रमुख, जीवन तथा निर्जीवन बीमा कम्पनीका शाखा तथा उपशाखाका प्रतिनिधिहरु, स्थानीय अगुवा कृषक, विभिन्न कृषि सहकारी सस्थाका प्रतिनिधिहरु, पत्रकार तथा अन्य कृषकहरु लगायत स्थानीयहरूको १०० भन्दा बढी सहभागिता रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा सहायक निर्देशक प्रेम हरि पोखरेलले बीमा सम्बन्धि प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले कृषि बीमा गर्न कहाँ जाने र कोही पनि बीमा गर्न नआएको, निर्जीवन बीमा कम्पनीको शाखा कार्यालय स्थापना गर्न माग गरिएको, बीमा गर्दा पनि कागजि प्रकृया झन्झटिलो रहेको, जडिबुटी बीमा अन्तरगत के के को बीमा गर्न मिल्ने, कृषि तथा पशुपन्छी बीमामा संघीय सरकार तथा प्रदेश सरकारले दिएको अनुदान समेत थाहा नभएको जस्ता गुनासो गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले नेपाल बीमा प्राधिकरण यस प्रदेशमा स्थापना भएकोमा खुशि पनि व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरूले राखेका गुनासाहरुको जबाफ प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए ।

उक्त कार्यक्रममा महाकाली नगरपालिकाकी उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम लिएर आएकोमा धेरै कुरा जनाकारी दिएकोमा धन्यवाद ज्ञापन गरेकी थिइन। कृषि तथा पशुपन्छी बीमा गर्ने कम्पनी यश ठाउँमा नहुनाले कृषकहरुलाई धेरै नै अप्ठ्यारो भएको र क्षति हुदा नगरपालिकामा क्षतिपूर्ति माग गर्न आउने गरेको कुरा राख्नु भएकी थिइन ।

नगरपालिकाबाट पनि यहाँका कृषक तथा नगरबासिहरुलाई बीमामा समेट्नका लागि कस्ता योजना बनाई लागू गर्न सकिन्छ हामी त्यसमा लाग्ने कुरा राख्दै यस्तो महत्वपुर्ण कार्यक्रम फेरि पनि यस नगरपालिकामा राख्न अनुरोध गरेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारिले सहभागीहरूलाई भविष्यमा हुने आर्थिक हानि नोक्सानीबाट बच्नको लागि आफ्नो र आफ्नो सम्पत्तिको बीमा गर्न हुन आग्रह गरेका थिए । आफुले लिएको बीमा सम्बन्धि ज्ञानलाई सबैलाई जानकारी गराइदिनु हुन अनुरोध गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीले कार्यक्रममा सफल बनाउन सहयोग गर्ने महाकाली नगरपालिका परिवार, बीमा कम्पनीका प्रतिनिधिहरु, विभिन्न कृषि सहकारी सस्थाका प्रतिनिधिहरु, बीमा अभिकर्ता, बीमा प्राधिकरणका कर्मचारी लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS